दुर्घटनाग्रस्त विमानको ब्लाक बक्स भेटियो « Khabarhub

दुर्घटनाग्रस्त विमानको ब्लाक बक्स भेटियो


९ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनमा गत सोमबार दुर्घटनामा परेको विमानको ब्ल्याक बक्स फेला परेको छ । एक सय ३२ जना सवार विमान दक्षिणी चीनमा गत सोमबार दुर्घटनाग्रस्त भएको थियो । चाइना इष्ट्रन एअरलाइन्सको बोइङ ७३७ विमान चीनको गुआङ्सी प्रान्तको वुझोउ शहर नजिकै दुर्घटनाग्रस्त भएको थियो ।

पहाडको जंगली एवम् ग्रामीण क्षेत्रमा दुर्घटना भए पनि दुर्घटना लगत्तै उद्धार टोलीहरू घटनास्थलमा पुगेर खोजी तथा उद्धारको प्रयास गरेका थिए ।

यद्यपि वर्षा र हिलो कारण  उद्धारकर्ताहरुले बुधबार मात्रै विमानको ब्ल्याक बक्स फेला पारेको जनाइएको छ । दुर्घटनामा भएको मानवीय क्षतिको औपचारिक विवरण भने हालसम्म सार्वजनिक भएको छैन । यद्यपि दुर्घटनामा कोही पनि जीवित नरहेको ठानिएको छ ।

विमान बेपत्ता हुनुमा मौसम सम्बन्धी कारण नभएको पनि सरकारी अधिकारीहरुले स्पष्ट पारेका छन् । घटनास्थलमा पुगेको उद्धारकर्ताहरुले पनि औपचारिक र आधिकारिक रुपमा घटनाका बारेमा विस्तृत जानकारी दिएका छैनन् ।

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  ३ : ४४ बजे

कालीगण्डकीको कटानले फाइबर पोल बगाएपछि म्याग्दी, बागलुङ र मुस्ताङमा सञ्चार सेवा ठप्प

म्याग्दी : सहश्रधारामा कालीगण्डकी नदीको कटानले फाइबर पोल बगाएपछि धवलागिरिका

पहिरोले देशभरका सडक ठप्प : उपत्यका जोड्ने सात राजमार्ग अवरुद्ध

काठमाडौँ – अविरल वर्षाका कारण पहिरो खसेर अवरुद्ध बनेको पृथ्वी

बागलुङमा पहिरोको वितण्डा : दुई दिनमा १० जनाको मृत्यु, तनहुँमा २४ घरमा क्षति

बागलुङ : अविरल वर्षासँगै आएको पहिरोले बागलुङमा १० जनाको मृत्यु

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल असोज १२ गते सोमबार सन् २०२६