दुर्घटनाग्रस्त विमानको ब्लाक बक्स भेटियो « Khabarhub

दुर्घटनाग्रस्त विमानको ब्लाक बक्स भेटियो


९ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनमा गत सोमबार दुर्घटनामा परेको विमानको ब्ल्याक बक्स फेला परेको छ । एक सय ३२ जना सवार विमान दक्षिणी चीनमा गत सोमबार दुर्घटनाग्रस्त भएको थियो । चाइना इष्ट्रन एअरलाइन्सको बोइङ ७३७ विमान चीनको गुआङ्सी प्रान्तको वुझोउ शहर नजिकै दुर्घटनाग्रस्त भएको थियो ।

पहाडको जंगली एवम् ग्रामीण क्षेत्रमा दुर्घटना भए पनि दुर्घटना लगत्तै उद्धार टोलीहरू घटनास्थलमा पुगेर खोजी तथा उद्धारको प्रयास गरेका थिए ।

यद्यपि वर्षा र हिलो कारण  उद्धारकर्ताहरुले बुधबार मात्रै विमानको ब्ल्याक बक्स फेला पारेको जनाइएको छ । दुर्घटनामा भएको मानवीय क्षतिको औपचारिक विवरण भने हालसम्म सार्वजनिक भएको छैन । यद्यपि दुर्घटनामा कोही पनि जीवित नरहेको ठानिएको छ ।

विमान बेपत्ता हुनुमा मौसम सम्बन्धी कारण नभएको पनि सरकारी अधिकारीहरुले स्पष्ट पारेका छन् । घटनास्थलमा पुगेको उद्धारकर्ताहरुले पनि औपचारिक र आधिकारिक रुपमा घटनाका बारेमा विस्तृत जानकारी दिएका छैनन्

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  ३ : ४४ बजे

सरकारका १०० दिन : विद्युत् खपत बढाउने र निर्यातलाई व्यवस्थित गर्ने मार्गचित्र तयार

काठमाडौं- सरकारले आर्थिक समृद्धिको प्रमुख आधार स्तम्भका रूपमा ऊर्जा क्षेत्रलाई

सरकारका सय दिन : जेनजी आन्दोलनका घाइते र सहिद परिवारलाई एकीकृत राहत प्याकेज

काठमाडौं- सरकारले जेन-जी आन्दोलनका घाइते तथा सहिद परिवारको राहत, औषधोपचार,

संविधान संशोधन बहस कार्यदलले असार मसान्तभित्र प्रतिवेदन बुझाउने

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार एवं संविधान संशोधन

बालेन सरकारका सय दिन पूरा, के के भए उपलब्धि ? (पूर्णपाठ)

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले आफ्नो कार्यकालको पहिलो

बाल संरक्षणसम्बन्धी नीति तथा संयन्त्रहरू र यसले बालबालिकाको जीवनमा पारेको प्रभाव

नेपालमा बालबालिकाबारे कानुनबाटै परिभाषित मापदण्ड छ । नेपालको कानुन र