अपहरणको नाटक गर्ने एक जना पक्राउ « Khabarhub

अपहरणको नाटक गर्ने एक जना पक्राउ


९ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– अपहरणमा परेको भन्दै अफवाह फैलाउने एक जनालाई दाङ प्रहरीले पक्राउ गरेको छ ।

दाङमा बम जस्तो देखिने शंकास्पद बस्तु राखेर अपहरणमा परेको भनी अफवाह फैलाउने रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–९ का २४ वर्षीय जनक देवकोटालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।

देवकोटाले योजनाबद्ध तरिकाले शंकास्पद बस्तु राखेर आफू अपहरणमा परेको झुट्टो अफवाह फैलाएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश काफ्लले जानकारी दिए ।

तुलसीपुर उपमहानगरपालिका–४ नयाँ बस्तीस्थित हरिप्रसाद रिजालले सञ्चालन गरेको ड्रागन कृषि फर्ममा काम गर्दै आएका देवकोटाले कृषि फर्म सञ्चालकसँग रकम असुल्ने योजनाका साथ आफू अपहरणमा परेको नाटक गरेको रहस्य खुलेको प्रमुख काफ्लले बताए ।

गत आइतबार अपहरणमा परेको सूचना प्रहरी कार्यालयमा पुगेपछि खोजी कार्य गर्ने क्रममा देवकोटालाई हिजो लमही नगरपालिका ९ अमिलिया नजिकैको जंगलमा फेला पारिएको प्रहरीले बताएको छ । गत फागुन २७ गते साँझ कृषि फर्मनजिकै शंकास्पद बस्तु राख्ने व्यक्ति पनि उनै देवकोटा रहेको अनुसन्धानबाट खुलेको छ ।

देवकोटाले रकम असुल्नका लागि योजनाका साथ गत आइतबार तुलसीपुर बजार जान्छु भनी घरबाट निस्किएको र बेलुका पख श्रीमतीलाई मोबाइल म्यासेजबाट अपहरणमा परेको कुरा पठाएका थिए । पक्राउ परेका देवकोटाविरुद्ध विस्फोटक पदार्थसम्बन्धी कसुर र झुट्टा अफवाह फैलाउन नहुने कसुरमा आवश्यक अनुसन्धान सुरु गरिएको प्रमुख काफ्लले जानकारी दिए ।

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  ८ : २३ बजे

बागमतीको ढल विसर्जन रोक्न पूर्वाधार विकास समितिको निर्देशन

काठमाडौं– प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिले बागमती नदीमा भइरहेको ढल तथा

वैदेशिक सहायता राष्ट्रिय प्रणाली र सरकारी कोषमार्फत परिचालन गर्न निर्देशन

काठमाडौं– प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले नेपाललाई प्राप्त हुने वैदेशिक सहायता

सत्तामा जो आए पनि कसैलाई फसाउने, कसैलाई बचाउने माध्यम बन्नबाट अख्तियारलाई जोगाउनुपर्छ : कानुनमन्त्री

काठमाडौं– कानून न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अख्तियारको डरले

अर्का सुकुम्वासीले पनि गरे आत्महत्या

काठमाडौं– बालेन्द्र शाह नेतृत्वको सरकारले करिब चार महिना अघि काठमाडौंको

वैदेशिक सहायता परिचालन हुनेगरी आवश्यक नीतिगत सुधार गर्न सरकारलाई लेखा समितिको निर्देशन

 काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले परिणाममुखी खर्चको सिद्धान्तअनुसार वैदेशिक