सस्तो र गुणस्तरीय भएकाले नेपाली उत्पादन नै प्रयोग गरौँ | Khabarhub Khabarhub

सस्तो र गुणस्तरीय भएकाले नेपाली उत्पादन नै प्रयोग गरौँ

व्यापार व्यवसायमा टिम वर्कको ठूलो हात हुन्छ



पछिल्लो समय नेपाली युवाको व्यवसाय पनि चम्किँदै गएको छ । आफ्नो खुट्टामा उभिने र अरुलाई पनि रोजगारी दिने उद्देश्य राखेका युवाहरूको संख्या दैनिक जसो बढ्दै गएको छ । यस्तै युवामध्येमा पर्छिन्, कुन्ती पोखरेल । जो पोज फेसन नेपाल नामक कम्पनी खोलेर आफ्नो व्यवसाय बढाइरहेकी छन् । उनी जस्ता युवा व्यवसायीको उपस्थितले युवा व्यापारीको वर्चश्व बढ्दै गएको छ । युवा व्यावसायीको चुनौति, व्यापार, व्यवसाय, नेपाली उत्पादन, बजार चेत र रोजगारीका विषयमा खबरहबका लागि सुवास प्रधानले व्यवसायी कुन्ती पोखरेलसँग गरेको कुराकानीको सम्पादित अंशः

तपाईंले आफ्नो व्यवसायको सुरुवात कसरी गर्नुभयो ?

मैँले आफ्नो व्यवसायलाई कोभिड–१९ फैलिरहेको समयमा नै सुरुवात गरेको हो । सञ्चालन भएको दुई वर्ष भयो । महिलाहरू बेरोजगार हुन नपरोस् भनेर तारा मण्डल महिला सशक्तिकरणको कुरा उठाँए । यसबाट महिलाहरूलाई सिलाई बुनाइको तालिम दिइरहेको थिँएकोभिडको समयमा बेरोजगार भएर खाना लगाउन नै गाह्रो भयो भनेर महिला दिदी बहिनीहरूको फोन कल आयो । यतिबेला नै दश वटा मेसिन किनेर झोला सिलाउन काम सुरुवात गरेको हो ।

कुनैले अफिसको काम सकाएर फुर्सद हुँदा घरबाटै सिलाएर ल्याउनु हुन्थ्यो । यसै सिलसिलामा हामीले कुर्ता सुरुवाल, टप, टिसर्ट गर्दै अहिले बच्चादेखि बुढापाकासम्म सबैलाई हुने खालको पोशाक तयार गर्छौ ।

धेरैलाई रोजगारी दिएर तपाईं आफ्नो व्यवसायलाई निरन्तरता दिइरहनु भएको छ, यसप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ? 

म पनि एउटा विवाहित घरपरिवार भएको व्यक्ति हुु । मेरो श्रीमानको सहयोगबाट नै म यो ठाँउमा पुग्न सकेको हुँ । यसमा म एकदम सन्तुष्ट छु । यो कार्यमा विद्यार्थी, महिलाहरूलाई समेटिरहेको छु । महिलाको घरायसी समस्या, बेरोजगारहरू देखेर नै यो कार्य सुरुवात गरेको हो । हामीलाई फाइदा निकै कम भएता पनि नेपालमै केही गरेर देखाउन पाएको एकदमै सन्तुष्ट छु ।

तपाईंले यो ब्रान्डको ब्रान्चहरु कुन-कुन ठाउँमा सञ्चालन गर्नुभएको छ, ग्राहकले कसरी सम्पर्क गरेर जान सक्छन् ?

हाम्रो ब्रान्चहरु कीर्तिपुर, पेप्सीकोला, कुमारीपाटी, मैतीदेवी, बानेश्वरमा सञ्चालन भइरहेको छ । यस्तै न्यूरोड, चाबहिलमा सञ्चालनको लागी तयारी हुँदै छ । त्यसैगरी उपत्यका भन्दा बाहिर पनि सञ्चालन गर्ने तयारी भइरहेको छ । हाम्रो अनलाइनमार्फत पोज नेपाल डटकमबाट पनि बिक्री भइरहेको छ ।

नेपालमा उत्पादन भएको ब्रान्डलाई अन्तर्राष्ट्रियकरण गर्न नेपाल सरकार तथा सम्बन्धित निकायले के कस्ता सहयोग गरिरहेका छन् ?

नेपाली उत्पादनलाई प्राथमिकतामा राख्ने विषय नेताहरूले भाषणमा मात्र सीमित राखेको पाइन्छ । नेपाली उत्पादनलाई विदेशमा निर्यात गर्ने पछिको कुरा हो । उत्पादन गर्ने सामाग्रीमा केही छुट र करमा केही छुट दिए मात्रै पनि धेरै सहयोग पुग्छ । अहिलेको अवस्थासम्म रोजगारी दिनको लागी मात्र भएको छ । तर नाफा शून्य नै छ । ग्राहकहरूले ब्रान्डलाई मन पराएकै छन् । तर मेरो ब्रान्ड पनि धेरै समयसम्म चल्छ जस्तो लाग्दैन । यसकारण यसरी नै केही गर्छु भन्ने युवा उद्यमीहरू यत्तिकै बिलाएर जान्छन् ।

पछिल्लो समयमा सरकारले अतिआवश्यक सामानबाहेक विदेशबाट सामान आयातमा कडाई गर्ने भनेको छ, यसले कच्चा पदार्थ ल्याउनका लागी तपाईलाई कत्तिको असर पुगेको छ ? 

एउटा सियो पनि विदेशबाट ल्याउनु पर्ने हाम्रो देशमा लुगा ल्याउनका लागी गाह्रो अवश्य पर्छ नै । यसरी बाहिरबाट आयात गर्ने सामानहरु बन्दा गर्ने भन्दा पनि यस्ता किसिमका सामानहरु नेपालमै उत्पादन गर्नुपर्छ । तर हामी आफैँले  गर्छौ भन्दा पनि सरकारले हेर्दैनन् । सरकार आफ्नो कार्यकर्तामा मात्र सीमित भएको छ । सरकारले उद्यमीलाई सहयोग गरेको समचारहरु सुनिरहेको हुन्छु । तर त्यो कहाँबाट चुहिरहेको छ । त्यसमा ध्यान दिएको पाईदैन । सियो, कपडा, तान धागो बाहिरबाटै आउने हुँदा यसमा छुट गर्नुपर्छ । चीनबाट आयात हुने सामान पचास प्रतिशत भन्दा कममा पठाँउछ र हाम्रो लागतमा महंगो पर्दा प्रतिष्पर्धा गर्न गाह्रो भइरहेको छ । सरकारले विदेशबाट आयात हुने रेडिमेट कपडा पूर्ण रुपमा बन्द गराई कच्चा पदार्थ मात्र आयात गर्नुपर्छ । बाहिरबाट आयात हुने सियो, धागो, तानहरु नेपालमै उत्पादन गर्न सक्यो भने हाम्रो नेपाली कपडा सस्तो र गुणस्तरीय हुन्छ । जसले गर्दा हामीले नै उत्पादन गरेको लुगाले बजार पाउँछ । साथै विदेशी ब्राण्डसँग हाम्रो नेपाली ब्राण्डले प्रतिस्पर्धा गर्न सक्छ ।

तपाईंको ब्रान्चमा कुन वर्गका व्यक्तिले खरिद गर्ने खालका कपडाहरु राख्नु हुन्छ ? 

मध्यम वर्गदेखी उच्च वर्गसम्मका व्यक्तिहरु आउनु हुन्छ । हाम्रो आउनु हुने ग्राहकहरुलाई सामानको मूल्य चित्त नबुझेर फर्केको कोही पनि छैनन् । सानादेखी ठूलासम्मको साइजहरु नमिलेको खण्डमा पनि साइज बनाएर दिने गरेको छ । मूल्यको हिसाबमा पनि त्यत्ति महंगो छैन ।

घर परिवारसँग आफ्नो व्यवसाय सम्हाल्न कत्तिको चुनौति हुन्छ ? समय कसरी व्यवस्थापन गर्नुहुन्छ ?

पितृसत्तात्मक सोच भएको हाम्रो समाजमा महिलालाई सहज पक्कै नै छैन । घरायसी, व्यवसायदेखी राजनीतिमा पनि संलग्न छु । तर पनि समय व्यवस्थापन गर्न सकिरहेको छु ।

‘बी नेपाली, बाई नेपाली’ अर्थात नेपाली बनौँ, नेपाली सामान किनौँ’ भन्ने जुन तपाईंहरुको स्लोगान छ, यसको बारेमा पनि केही बताइदिनुस् न ?

हामी नेपाली भएर नेपाली उत्पादन नै प्रयोग गरौँ भन्ने हो । हाम्रो नेपाल बिग्र्रीएको नै विदेशीको सिको गरेर हो । राजनीति, व्यवसाय, उद्योग, व्यापार हरेक क्षेत्रमा विदेशी हस्तक्षेप छन् । विदेशी ब्रान्डको फिनिसिङ भन्दा नेपाली ब्राण्डकै फिनिसिङ राम्रो छ । एकपटक भएपनि नेपाली ब्राण्डकै कपडा प्रयोग गरौँ ।

एउटा व्यवसायलाई समाल्नका लागी यसको बारेमा ज्ञान हुन कत्तिको जरुरत हुन्छ ? व्यवसायमा ज्ञान भन्दापनि ‘टिम वर्क’ महत्वपूर्ण हुन्छ । यसमा स्टाफको पनि भर पर्छ । स्टाफहरुले पनि आफ्नै हो भन्ने भावनाका साथ काम गर्नुभयो भने राम्रो हुन्छ ।

अन्त्यमा, सीप क्षमता भएर पनि घरायसी काममा मात्र अल्मलिरहेका दिदी बहिनी तथा नयाँ जोश जाँगर भएका युवाहरुलाई के भन्न चाहनुहुन्छ ? 

केही गर्छु भन्ने युुवाहरु घरमै बसिरहनु भएका दिदी बहिनीहरुलाई म सहयोग गर्न तयार छु । हाम्रोमा दिदी बहिनीहरुले अचार, चिप्सहरु बनाई राखेको छ । उहाँहरुलाई मार्केटिङ गर्नका लागी पसल पनि राखेर सहयोग गरेकी छु । साबुन अचारहरु बनाएर पनि ल्याउनु हुन्छ । आफ्नै कमाईबाट बाल बच्चालाई पढाउन हुर्काउन सक्यो भने खुशी नै बेग्लै हुन्छ ।

प्रस्तुुती : पासाङ लामा ह्योल्मो 

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  ३ : ३७ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र