डिप्रेसन भएका एक नेपाली दूतावासको सेल्टरबाटै बेपत्ता « Khabarhub

डिप्रेसन भएका एक नेपाली दूतावासको सेल्टरबाटै बेपत्ता


१० बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – रोजगारीका लागि साउदी अरब पुगेका एक नेपाली युवा बेपत्ता भएका छन् ।

सन्तोष शाह नाम गरेका युवा १९ अप्रिलदेखि रियाद बत्था भन्ने ठाउँबाट बेपत्ता भएको रियादस्थित नेपाली दूतावासले जनाएको छ ।

डिप्रेशनको सिकार भएर र बोल्न नसक्ने अवस्था भएपछि उनलाई केही दिनदेखि दूतावासको सेल्टरमा राखेर नेपाल पठाउने प्रक्रिया सुरु भइरहेको थियो।

उनको एक्जिट भिसा लागिसकेको छ तर राति नेपाली दाजुभाइहरू सुतेको मौका पारेर सेल्टरबाट उनी बाहिर निस्किएको दूतावासले जनाएको छ ।

उनको खोजतलासको लागि साउदीस्थित सम्बन्धित प्रहरी कार्यालयलाई जानकारी गराएको छ।  दूतावासले उनलाई कतै देखे/भेटेमा नजिकको प्रहरी कार्यालय वा दूतावासको ०५०००७६७९४ मा सम्पर्क गरिदिन त्यहाँ रहेका नेपाली समुदायलाई अनुरोध गरेको छ ।

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  ६ : ५१ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित