हेटौँडाका १३ पत्रकारलाई ‘जर्नालिजम अवार्ड’ प्रदान गरिँदै « Khabarhub

हेटौँडाका १३ पत्रकारलाई ‘जर्नालिजम अवार्ड’ प्रदान गरिँदै


१० बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा -हेटौँडामा १३ जना पत्रकारलाई ‘जर्नालिजम अवार्ड’ प्रदान गरिने भएको छ ।

न्यु मिडिया एकेडेमीले आयोजना गर्दै आएको ‘हेटौंडा जर्नालिजम अवार्ड’को तेस्रो तथा चौथो संस्करण शनिबार हुँदैछ ।

मकवानपुरमा रहेका क्रियाशील पत्रकारहरूको हौसला एवं  उत्प्रेरणाका लागि अवार्ड प्रदान गर्न लागिएको न्यु मिडिया एकेडेमीका अध्यक्ष मणिराज गौतमले जानकारी दिए ।

यस वर्ष उत्कृष्ट पत्रकार वर्ष अवार्ड (पुरुष तथा महिला) खोज पत्रकारिता अवार्ड, चलचित्र पत्रकारिता अवार्ड, रेडियो पत्रकारिता अवार्ड, सम्पादक वर्ष अवार्ड, खेलकुद पत्रकारिता वर्ष अवार्ड, उत्कृष्ट कला पत्रकारिता अवार्ड, आर्थिक पत्रकारिता अवार्ड, उत्कृष्ट नवप्रवेशी पत्रकारिता अवार्ड (महिला र पुरुष), उत्कृष्ट अनलाइन पत्रकारिता अवार्ड, उत्कृष्ट क्रियाशील पत्रकार वर्ष अवार्ड प्रदान गरिने गौतमले बताए ।

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  ७ : १५ बजे

कांग्रेस फुटेपछि कृष्ण सिटौलाले भने : गहिरो चोट लागेको छ

काठमाडौं – नेपाली कांग्रेस विभाजन भएपछि नेता कृष्णप्रसाद सिटौलाले कांग्रेसलाई

नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालबीच पार्टी समायोजन सम्पन्न

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपाल

लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने चार जना पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा लागुपदार्थ सेवन गरी सवारीसाधन

कांग्रेसको विशेष महाधिवेशन : सर्वसम्मत नयाँ कार्यसमिति घोषणा गर्ने तयारी

काठमाडौं – भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट नयाँ

तुलसीपुर हिरासतका एक थुनुवाको मृत्यु

तुलसीपुर – दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक