दिल्लीलाई हराउँदै राजस्थान शीर्षस्थानमा « Khabarhub

दिल्लीलाई हराउँदै राजस्थान शीर्षस्थानमा


१० बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – दिल्ली क्यापिटल्सलाई १५ रनले हराउँदै राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ को शीर्ष स्थानमा उक्लिएको छ ।

शुक्रबार राति जितको लागि २२३ रनको लक्ष्य पछ्याएको दिल्ली २० ओभरमा ८ विकेट गुमाउँदै २०७ रनमा समेटियो । दिल्लीका कप्तान ऋषभ पन्तले सर्वाधिक ४४ रन बनाए । रोभम्यान पावेलले ३६ रनको योगदान गरे ।

राजस्थानका प्रसिद्ध कृष्णले ३ विकेट लिए । रविचन्द्रन आश्विनले २ विकेट लिए । यसअघि मुम्बईमा टस हारेर ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २२२ रनको योगफल तयार पारेको थियो ।

राजस्थानका ओपनर जस बटलरले ६५ बलमा ९ चौका र ९ छक्कासहित ११६ रन बनाए । यस्तै देवदत्त पाडिक्कलले ३५ बलमा ७ चौका र २ छक्कासहित ५४ रन बनाए ।

दिल्लीका खलिल अहमद र मुश्ताफिजुर रहमानले १-१ विकेट लिए।

जितसँगै राजस्थानले सात खेलबाट ५ खेलमा जितसहित १० अंक बनाउदै शीर्ष स्थानमा छ । दिल्ली ७ खेलमा ३ जित र ४ हारसहित ६ अंक बनाएर छैटौं स्थानमा छ।

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  ७ : ३९ बजे

जाँचबुझ आयोगको प्रतिवेदन : एक विदेशीसहति २४ जना आन्दोलनकारीबाटै मारिए

काठमाडौँ- भदौ २३ र २४ को जेनजी आन्दोलनमा ७६ जनाको

जाँचबुझ आयोगको प्रतिवेदन : यी हुन् सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाउनेहरू

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भ्रामक सूचना

युक्रेनमा व्यापक आक्रमण, कैयौँ सहरमा जनजीवन प्रभावित

मस्को – रुसले युक्रेनका कैयौँ सहरमा व्यापक र हवाई आक्रमण

जाँचबुझ आयोगको प्रतिवेदन : न्यायालय राजनीतिक चंगुलमा फस्यो

काठमाडौं– पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले न्यायालय राजनीतिक चंगुलमा

बेलायत र फ्रान्सले ‘स्ट्रेट अफ हर्मुज’ पुनः सञ्चालन गर्ने पहल गर्ने

लण्डन – बेलायत र फ्रान्सले मध्यपूर्व युद्धको सुरुवातदेखि इरानले प्रभावकारी