साउदीमा अलपत्र नेपाली भन्छन् : म्यानपावरले झुक्क्यायो, सरकारले उद्धार गरोस् « Khabarhub

साउदीमा अलपत्र नेपाली भन्छन् : म्यानपावरले झुक्क्यायो, सरकारले उद्धार गरोस्



दोहा – रोजगारीका लागि करिब तीन महिनाअघि साउदी अरब पुगेका १७ जना नेपाली कामदार रियादमा अलपत्र परेका छन् । उनीहरू गत फेब्रवरी १ तारिखमा यहाँ आइपुगेका थिए ।

काठमाडौँको बसुन्धरामा रहेको एचआर इन्टरनेशनल इम्पोईमेन्ट सेर्विसमार्फत साउदीमा रहेको अल सादी दूध डेरीमा काम गर्ने भनेर पठाएको भए पनि सो कम्पनीमा नभई सप्लाई नुर मुसफिर बिन हुसयन अल फिथ फर मेनुफाक्चरिङ्ग कम्पनीमा काम गर्न भनिएको र तीन महिना हुन लाग्दा पनि काम नदिएर अलपत्र अवस्थामा छोडेको अवधेश प्रसाद गुप्ताले गुनासो गरे।

म्यानपावर कम्पनी तथा विभिन्न एजेन्टहरूलाई १ लाख ७५ हजारदेखि २ लाखसम्म बुझाएर साउदी पुगेका उनीहरूलाई कम्पनीले काम नदिएर तीन महिनादेखि कोठामै अलपत्र पारेको छ। कम्पनीले हाल कोठाबाट निकालेर एक/दुई दिनको लागि भन्दै कुनै एक होटेलमा लगेर राखेको गुप्ताले सुनाए ।

‘हामी यहाँ आएको तीन महिना हुन लाग्यो न कम्पनीले काम दिएको छ न पैसा, न त यहाँ खान बस्नकै ठेगान छ न त सुत्नकै, तीन महिनाको अन्तरालमा कम्पनीले विभिन्न ठाउँमा लगी सक्यो ,’ अर्का पीडित अरविन्द्र कुमार ठाकुरले खबरहबसँग भने, ‘यहाँ म्यानपावरले भने जस्तो काम र कम्पनी छैन अब हामी यहाँ बस्दैनौँ, चाँडो उद्धार गरिदिनुहोस् ।’

‘हामी यहाँ आएको २९ जना मध्य १७ जना छौँ अन्य साथीहरूलाई काम दिएको छ भन्ने सुन्नमा आएको छ तर, उनीहरूलाई पनि काम गरे बापतको तलब दिएको छैन भन्ने खबर छ ,’ गुप्ताले प्रश्न गरे, ‘ हामी झिटीघुम्टा बोकेर कहाँ कति दिन चहार्ने साहुसँग चर्को ब्याजमा ऋण काढेर आएका हौँ अब त्यो ऋण कसरी तिर्ने ?

म्यानपावरका सञ्चालक नरेश गेलालले आफूहरुलाई आज, काम हुन्छ, भोलि हुन्छ अप्रिल १० तारिखसम्म सबैको काम हुन्छ भनेको तर, आज अप्रिल २१ तारिखसम्म आइपुग्दा पनि केही नभएको पीडितहरूले बताएका छन् । म्यानपावरले पटक-पटक काम दिलाई दिने भन्दै झुक्काउने गरेको उनीहरूको भनाइ छ ।

रियादस्थित नेपाली दूतावासलाई अलपत्र परेको लिखित उजुरी दिएको धेरै समय भइसक्दा पनि कुनै सुनवाइ नगरेपछि पीडितहरू स्वयं दूतावासमै पुगेर गर्दा दूतावासले केही गर्न सकिँदैन म्यानपावरलाई भन्नु भन्ने जवाफ दिएको उनीहरूले बताएका छन् ।

दूतावासले म्यानपावरका सञ्चालक नरेश गेलाललाई भनेपछि तीन दिनभित्रमा समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको जानकारी दूतावासले गराएको छ । तर म्यानपावरका सञ्चालक गेलालले पटक-पटक झुक्क्याउने गरेको भन्दै उनीहरूले उद्धारका लागि अपिल गरेका छन् ।

उनीहरूले यहाँ बस्न नसक्ने भन्दै पठाउने म्यानपावरलाई कारबाही गर्न र आफूहरूलाई सकुशल नेपाल फिर्ता गर्ने वातावरण मिलाइदिन नेपालस्थित श्रम मन्त्रालय, वैदेशिक रोजगार विभागलगायत विभिन्न मानवअधिकारवादी सङ्घसंस्थासँग अपिल गरेका छन्।

खबरहबले म्यानपावरका सञ्चालक गेलाललाई सम्पर्क गर्दा त्यो कम्पनीमा केही समस्या रहेको स्वीकार गर्दै उनीहरूलाई एउटा ठूलो सुपरमार्केटमा काम लगाउने तयारी भइरहेको र रामदानको कारण ढिलाई भएको भन्दै अब चाँडै समस्या समाधान हुने बताएका छन् ।

यस्तो छ उनीहरूले उद्धारका लागि दूतावासमा दिएको निवेदन :

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  ९ : ०७ बजे

विश्वकपबाट जर्मनी बाहिरिएसँगै प्रशिक्षक नागेल्सम्यानले दिए राजीनामा

काठमाडौं – फिफा विश्वकप २०२६ मा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि

गदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ

काठमाडौं – डोल्पा जिल्लामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

सुदूरपश्चिम – कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पर्यटन मन्त्रालयद्वारा पाँच निकायमा नयाँ पदाधिकारी नियुक्त, को कहाँ ?

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफू मातहतका

खुला प्रतिस्पर्धाबाट छनोट भएका सात विश्वविद्यालयका उपकुलपतिले लिए शपथ

काठमाडौं – देशका विभिन्न विश्वविद्यालयमा नियुक्त भएका नयाँ उपकुलपतिहरूले पद