आईपीएलमा आज दुई खेल हुने, राशिद खान सयौँ विकेटको खोजीमा | Khabarhub Khabarhub

आईपीएलमा आज दुई खेल हुने, राशिद खान सयौँ विकेटको खोजीमा


१० बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इण्डियन प्रिमियर लिग आईपीएलमा शनिबार २ खेल हुँदैछन् ।

भारतको मुम्बईस्थित डीवाईपाटील स्टेडियममा हुने खेलमा कोलकत्ता नाईट राईडर्स र गुजरात टाईटन्स भिड्ने भएका छन् ।

अपराह्न पौने ४ बजे सुरु हुने खेलमा कोलकत्ता चौथो जितको खोजीमा रहने छ भने गुजरात छैंटौं जित निकाल्दै शीर्ष स्थानमा उक्लिन चाहनेछ ।

आजको खेलमा १ विकेट मात्रै लिए पनि गुजरातका राशिद खान आईपिएलमा १०० विकेट पुरा गर्ने १७औँ बलर बन्नेछन् ।कोलकत्ता ६ अंकसहित तालिकाको सातौँ स्थानमा छ भने गुजरात १० अंकसहित दोस्रो स्थानमा रहेको छ ।

अर्को खेलमा रोयल च्यालेन्जर्स बेंगलोर र सन्राईजर्स हैदराबाद मुम्बईको ब्रेबोर्न स्टेडियममा राति पौन ८ बजे आमने/सामने हुनेछन् ।

बेंगलोर छैंटौं जितको खोजीमा छ भने सन्राईजर्स पाँचौँ जितको खोजीमा छ । बेंगलोर १० अंकसहित तालिकाको तेस्रो स्थानमा हुँदा ८ अंकसहित हैदराबाद पाँचौँ स्थानमा छ ।

 

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  १२ : ५५ बजे

प्रचण्ड-माधवसहितका नेताको निष्कर्ष : भिजिट भिसा प्रकरण छानबिन गर्न बनेको समिति सकारात्मक

काठमाडौं– नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरुबीच

उत्तरपूर्वी युक्रेनमा रुसी ड्रोन हमलामा तीन जनाको मृत्यु

एजेन्सी– उत्तरपूर्वी सहर सुमी नजिकै रुसी ड्रोन हमलामा पाँच वर्षीय

घरबाट हराएका बालकको दुई दिनपछि शव भेटियो

भद्रपुर– झापाको कमल गाउँपालिका–१ स्थित कृष्णखोलाको किनारमा आज बिहान एक

काठमाडौंबाहेक अन्य महानगरको बजेट : पोखरा सबैभन्दा बढी, वीरगञ्ज कम 

काठमाडौं– काठमाडौं महानगरपालिकाबाहेक देशको अन्य पाँच वटा महानगरले बजेट समयमा ल्याएका

ललितपुर महानगरले ल्यायो ७ अर्ब ४६ करोडको बजेट 

काठमाडौं– ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०८२-२०८३ को लागि बजेट ल्याएको