वरिष्ठ रुसी कमाण्डर भन्छन्- ‘पूर्वी र दक्षिणी युक्रेन कब्जा गर्नु रुसको लक्ष्य’ | Khabarhub Khabarhub

वरिष्ठ रुसी कमाण्डर भन्छन्- ‘पूर्वी र दक्षिणी युक्रेन कब्जा गर्नु रुसको लक्ष्य’


१० बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुस पूर्वी तथा दक्षिणी युक्रेनलाई कब्जा गर्ने लक्ष्यमा रहेको एकजना वरिष्ठ रुसी कमाण्डरले बताएका छन् । मेजर जनरल रुस्तम मिन्नेकायेभलाई उद्धृत गर्दै सरकारी समाचार संस्थाले जनाएअनुसार रुसको लक्ष्य पूर्वी युक्रेनको डोनबास क्षेत्रका साथै दक्षिणी युक्रेन पनि कब्जा गर्नु हो ।

डोनबास क्षेत्र कब्जामा लिएको खण्डमा क्राइमिया रुस भूमिसँग जोडिने भएकाले यसलाई निकै रणनीतिक महत्वका साथ हेरिन्छ ।

त्यसबाहेक रुसको केन्द्रिय सैनिक जिल्लाका उपकमाण्डर समेत रहेका मिन्नेकायेभले दक्षिणी युक्रेनलाई कब्जा गरेको खण्डमा मोल्दोभाका रुसी पृथकतावादीहरु पनि भौगोलिक रुपमा जोडिने बताए ।

युक्रेनको छिमेकी मुलुक मोल्दोभामा डिनिस्तर नदी पारी बस्ने रुसी पृथकतावादीहरूले आफ्नै ‘ट्रान्सनिस्ट्रया’ नामक राज्य चलाउँछन् । यद्यपि यो राज्यको अन्तर्राष्ट्रिय मान्यता अत्यन्त सीमित रहेको बताइन्छ ।

‘दक्षिणी युक्रेनलाई नियन्त्रण गर्नु ट्रान्सनिस्ट्रियासम्म पुग्ने अर्को बाटो हो । त्यहाँ रुसी भाषीमाथि दमन भइरहेको छ भन्ने पनि सत्य हो ।’ उनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि युक्रेनमाथि आक्रमण गर्नुअघि डोनबास क्षेत्रमा रुसी भाषीमाथि दमन भइरहेको यस्तै दाबी गरेका थिए ।

यता युक्रेनी रक्षा मन्त्रालयले भने उनको टिप्पणीलाई रुसी ‘साम्राज्यवाद’ को संज्ञा दिएको छ ।

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  २ : ०७ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’