वरिष्ठ रुसी कमाण्डर भन्छन्- ‘पूर्वी र दक्षिणी युक्रेन कब्जा गर्नु रुसको लक्ष्य’ « Khabarhub

वरिष्ठ रुसी कमाण्डर भन्छन्- ‘पूर्वी र दक्षिणी युक्रेन कब्जा गर्नु रुसको लक्ष्य’


१० बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुस पूर्वी तथा दक्षिणी युक्रेनलाई कब्जा गर्ने लक्ष्यमा रहेको एकजना वरिष्ठ रुसी कमाण्डरले बताएका छन् । मेजर जनरल रुस्तम मिन्नेकायेभलाई उद्धृत गर्दै सरकारी समाचार संस्थाले जनाएअनुसार रुसको लक्ष्य पूर्वी युक्रेनको डोनबास क्षेत्रका साथै दक्षिणी युक्रेन पनि कब्जा गर्नु हो ।

डोनबास क्षेत्र कब्जामा लिएको खण्डमा क्राइमिया रुस भूमिसँग जोडिने भएकाले यसलाई निकै रणनीतिक महत्वका साथ हेरिन्छ ।

त्यसबाहेक रुसको केन्द्रिय सैनिक जिल्लाका उपकमाण्डर समेत रहेका मिन्नेकायेभले दक्षिणी युक्रेनलाई कब्जा गरेको खण्डमा मोल्दोभाका रुसी पृथकतावादीहरु पनि भौगोलिक रुपमा जोडिने बताए ।

युक्रेनको छिमेकी मुलुक मोल्दोभामा डिनिस्तर नदी पारी बस्ने रुसी पृथकतावादीहरूले आफ्नै ‘ट्रान्सनिस्ट्रया’ नामक राज्य चलाउँछन् । यद्यपि यो राज्यको अन्तर्राष्ट्रिय मान्यता अत्यन्त सीमित रहेको बताइन्छ ।

‘दक्षिणी युक्रेनलाई नियन्त्रण गर्नु ट्रान्सनिस्ट्रियासम्म पुग्ने अर्को बाटो हो । त्यहाँ रुसी भाषीमाथि दमन भइरहेको छ भन्ने पनि सत्य हो ।’ उनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि युक्रेनमाथि आक्रमण गर्नुअघि डोनबास क्षेत्रमा रुसी भाषीमाथि दमन भइरहेको यस्तै दाबी गरेका थिए ।

यता युक्रेनी रक्षा मन्त्रालयले भने उनको टिप्पणीलाई रुसी ‘साम्राज्यवाद’ को संज्ञा दिएको छ ।

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  २ : ०७ बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ