लुम्बिनी वल्र्ड स्कुल सञ्चालनको तयारीमा  « Khabarhub

लुम्बिनी वल्र्ड स्कुल सञ्चालनको तयारीमा 


१० बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा– रूपन्देहीमा खुलेको लुम्बिनी वल्र्ड स्कुल सञ्चालनको तयारीमा छ । 

Avatar

तिलोत्तमा–१३, मधवलियामा खुलेको यो स्कुलाई सञ्चालकहरूले उपत्यका बाहिरको सर्वोत्कृष्ट स्कुलको रुपमा दाबी गरेका छन् । आगामी शैक्षिक सत्रबाट यो सञ्चालनमा आउन लागेको हो । 

Avatar

रूपन्देहीबाट पठनपाठनका लागि भारत जाने विद्यार्थी रोक्न, पढाइसहित संस्कार सिकाउन यो स्कुल सफल हुने प्रिन्सिपल विष्णुप्रसाद ढकालले बताए । पहिलो वर्षमै यहाँ कक्षा १ देखि ८ सम्म पठनपाठन सुरु गरिनेछ । 

Avatar

२० जना मात्रै विद्यार्थी देखिनेगरी प्रत्येक कक्षा कोठाको डिजाइन गरेको, आईटी, पुस्तकालय लगायतको सुविधा रहेको स्कुल प्रशासनले जनाएको छ । स्कुलले आफ्नै पाठ्यक्रम बनाएर हरेक विषयमा दुई जना शिक्षक राखेर नियमित कक्षा सञ्चालन गर्न विदेशमा अनुभव प्राप्त शिक्षक ल्याएको छ ।

Avatar

साढे ३ बिगाहा क्षेत्रफलमा रहेको स्कुलको मूल भवनसहित पुस्तकालय, स्विमिङ पुल, क्याफ्टेरिया, फुटसल, बास्केटबल कोर्ट लगायतका पूर्वाधार रहेको र केही निर्माणको क्रममा रहेको स्कुलका अध्यक्ष योगेश घिमिरेले जानकारी दिए । 

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  २ : ४१ बजे

आठ वर्षमा दुई सय चार किमी सडक कालोपत्र

पर्वत– बितेका आठ वर्षमा जिल्लामा २०४ किलोमिटर ग्रामीण सडक कालोपत्र

नेपालमा नै अवसरको पहिचान गर्न युवा विद्यार्थीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले नेपालमा नै अवसरको पहिचान गर्न युवा

काठमाडौंमा इएफएस फाइट नाइट सेभेन आयोजना हुने

काठमाडौं– डब्लुबीसी मोइ थाई नेपालको आयोजनामा काठमाडौंमा इएफएस फाइट नाइट सेभेन

कास्कीमा २६ वर्षदेखि ७० वर्षसम्मका उम्मेदवार

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कास्कीमा

देशको पश्चिमी क्षेत्रमा हिमपात र वर्षा हुँदा काठमाडौंको आकाश धुम्म (तस्बिरहरू)

काठमाडौं– नेपालमा न्यून चापिय प्रणालीको प्रभाव रहको हुनाले काठमाडौं उपत्यका