पुनः उम्मेदवारी दिन जनप्रतिनिधिको भटाभट राजीनामा  « Khabarhub

पुनः उम्मेदवारी दिन जनप्रतिनिधिको भटाभट राजीनामा 


१० बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा- रसुवाका स्थानीय तहका जनप्रतिनिधिले पदबाट भटाभट राजिनामा दिन थालेका छन् । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा पुनः उम्मेदवारी दिन उनीहरूले पदबाट राजीनामा दिएका हुन् ।

उम्मेदवारी दर्ता भोलि आइतबार र पर्सि सोमबारका लागि तोकिएको छ । त्यसैअनुरूप जनप्रतिनिधिहरूले पुनः उम्मेदवारी दिन राजीनामा दिन थालेका हुन् । पाँच वर्षे कार्यकालमा धेरै काम गरेको र अधुरा काम पूरा गर्न पुनः उम्मेदवारी दिन लागेको उनीहरूले बताएका छन् ।

हालसम्म गोसाइकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पू तामाङ, उत्तरगया गाउँपालिकाका उपाध्यक्ष चमेली गुरुङ, नौकुण्ड गाउँपालिकाका उपाध्यक्ष सिर्जना लामा, आमाछोदिङ्मो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङ, उपाध्यक्ष नवीना तामाङ, वडा नम्बर २ का वडाध्यक्ष दावा नोर्चु तामाङ, वडा नम्बर ५ का वडाध्यक्ष टासी छेवाङ तामाङ, वडा नम्बर ५ का वडा सदस्य बहादुर तामाङ र कार्यपालिका सदस्य छिरिङ ङेरुप घलेले पदबाट राजीनामा दिएका छन् । उनीहरु नेपाली कांग्रेस, नेकपा एमालेबाट पुनः सोही पदका लागि उम्मेदवारी दिने तयारीमा छन् ।

अन्य जनप्रतिनिधिहरूले समेत उम्मेदवारी दर्ता अघि नै राजीनामा दिने तयारी गरिरहेका छन् । स्थानीय तहमा रहेका अधिकांश अध्यक्ष उपाध्यक्ष, वडाध्यक्षहरू पुनः उम्मेदवारी दिने तयारीमा छन् । जिल्लामा पाँच गाउँपालिकाअन्तर्गत २७ वडा छन् । 

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  २ : ५४ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन