पुनः उम्मेदवारी दिन जनप्रतिनिधिको भटाभट राजीनामा  | Khabarhub Khabarhub

पुनः उम्मेदवारी दिन जनप्रतिनिधिको भटाभट राजीनामा 


१० बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा- रसुवाका स्थानीय तहका जनप्रतिनिधिले पदबाट भटाभट राजिनामा दिन थालेका छन् । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा पुनः उम्मेदवारी दिन उनीहरूले पदबाट राजीनामा दिएका हुन् ।

उम्मेदवारी दर्ता भोलि आइतबार र पर्सि सोमबारका लागि तोकिएको छ । त्यसैअनुरूप जनप्रतिनिधिहरूले पुनः उम्मेदवारी दिन राजीनामा दिन थालेका हुन् । पाँच वर्षे कार्यकालमा धेरै काम गरेको र अधुरा काम पूरा गर्न पुनः उम्मेदवारी दिन लागेको उनीहरूले बताएका छन् ।

हालसम्म गोसाइकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पू तामाङ, उत्तरगया गाउँपालिकाका उपाध्यक्ष चमेली गुरुङ, नौकुण्ड गाउँपालिकाका उपाध्यक्ष सिर्जना लामा, आमाछोदिङ्मो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङ, उपाध्यक्ष नवीना तामाङ, वडा नम्बर २ का वडाध्यक्ष दावा नोर्चु तामाङ, वडा नम्बर ५ का वडाध्यक्ष टासी छेवाङ तामाङ, वडा नम्बर ५ का वडा सदस्य बहादुर तामाङ र कार्यपालिका सदस्य छिरिङ ङेरुप घलेले पदबाट राजीनामा दिएका छन् । उनीहरु नेपाली कांग्रेस, नेकपा एमालेबाट पुनः सोही पदका लागि उम्मेदवारी दिने तयारीमा छन् ।

अन्य जनप्रतिनिधिहरूले समेत उम्मेदवारी दर्ता अघि नै राजीनामा दिने तयारी गरिरहेका छन् । स्थानीय तहमा रहेका अधिकांश अध्यक्ष उपाध्यक्ष, वडाध्यक्षहरू पुनः उम्मेदवारी दिने तयारीमा छन् । जिल्लामा पाँच गाउँपालिकाअन्तर्गत २७ वडा छन् । 

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  २ : ५४ बजे

दार्चुला–टिङ्कर सडक : सेनाले दुईतिरबाट काम थाल्यो

दार्चुला– महाकाली कोरिडोरअन्तर्गत निर्माणाधीन दार्चुला–टिङ्कर सडक खण्डमा नेपाली सेनाले दुईतिरबाट

नयाँ पोप चुनिए लियो : अमेरिकी नागरिक पोप बन्दा ट्रम्प खुशी

काठमाडौं – पोप लियो १४ औँ भनेर चिनिने नयाँ पोप

चीन–रसिया सहकार्यले अन्तर्राष्ट्रिय न्यायको रक्षा गर्छ : चीन

एजेन्सी– रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्दै चिनियाँ राष्ट्रपति  सी

भारतसँग सेल्फ डिफेन्समा केन्द्रित पाकिस्तान

काठमाडौं – पाकिस्तानले अहिले भारतले आक्रमण गरे पनि आफूहरू सेल्फ

सुत्नुअघि अनुहारमा लगाउनुहोस् यी पाँच चीज, पाइने छ छालामा चमक

काठमाडौं– मानिसहर सफा र चम्किलो छाला कायम राख्नका लागि विभिन्न