काठमाडौँ– जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् सदस्य उमेश यादवले पार्टी परित्याग गरेका छन् ।
उनले पत्रकार सम्मेलन गरी पार्टीको साधारण सदस्य पदमा नरहने गरी पार्टी छाडेको जानकारी दिएका हुन् ।
यादवले अन्य कुनै पार्टीमा प्रवेश नगर्नेसमेत जनाए ।
मोरङका प्रभावशाली नेता यादवले विराटनगरमा पार्टी बलियो अवस्थामा हुँदासमेत गठबन्धन गरी महानगरपालिकाको प्रमुख पद छाडेकोमा विरोध जनाएका छन् । उनले पार्टीले महानगर प्रमुखमा जित्ने अवस्थामा रहँदा रहँदै प्रमुख पद छाडेको विरोधस्वरूप पार्टी त्याग गरेको बताए ।
नेता यादवले गठबन्धनबाट कार्यकर्तालाई ठूलो धोका भएको भन्दै आइतबार महानगर प्रमुखको पदमा स्वतन्त्र रूपमा उम्मेदवारी दिने घोषणासमेत गरे ।
यादवले २०७४ मा महानगरको निर्वाचनमा जसपाबाट महानगर प्रमुख पदमा उम्मेदवारी दिई तेस्रो स्थान ल्याएका थिए ।
प्रतिक्रिया