पोखरा मेयरमा गठबन्धनका आचार्य, उपमेयरमा एमालेकी मञ्जुदेवीको अग्रता « Khabarhub

पोखरा मेयरमा गठबन्धनका आचार्य, उपमेयरमा एमालेकी मञ्जुदेवीको अग्रता


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्थानीय तह निर्वाचन-२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धन र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवारले अग्रता लिएका छन् ।

हालसम्म एक लाख १९ हजार ३१९ मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले ४७ हजार ९९२ मत प्राप्त गरेका छन् । त्यसैगरी नेकपा (एमाले)का प्रमुख पदका उम्मेदवार कृष्णबहादुर थापाले ४४ हजार १३९ मत प्राप्त गरेका छन् । गठबन्धनका आचार्यले तीन हजार ८५३ मतान्तरसहित अग्रता कायमै राखेका छन्।

उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङ ५० हजार २६० मतसहित अघि छिन् भने गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार कोपिला रानाभाट ४७ हजार ४७० मतसहित उनलाई पछ्याइरहेकी छन् ।

महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुग्दै गर्दा ३३ वटा वडा रहेको पोखराका १८ वडामा कांग्रेस विजय भएको छ भने सात वटा वडामा एमाले विजय भएको छ । महानगरको वडा नं १७, १८, १९, २१, २२, ३१, ३२, ३३ को मतगणना जारी छ ।

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  ८ : ०२ बजे

बागलुङमा ‘प्लेटलेट्स’ बनाउन थालियो, पोखरा र काठमाडौं पठाउनुपर्ने बाध्यता अन्त्य

बागलुङ– लामो समयको प्रयासपछि बागलुङको रक्तसञ्चार केन्द्रमा सेतो रगत (प्लेटलेट्स/प्लाज्मा)

विश्वकप नखेल्ने निर्णय गरेको बंगलादेशलाई आईसीसीले वित्तीय र प्रशासनिक कारबाही नगर्ने

काठमाडौं – विश्वकप नखेल्ने निर्णय गरेको बंगलादेश अन्तर्राष्ट्रिय क्रिकेट परिषद्

कांग्रेस उपसभापति शर्मा पाँच जिल्लाको चुनावी दौडाहामा, आज बाँके पुग्दै 

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई

एमाले अध्यक्ष ओलीको चुनावी दौडधुप : आज झापाको गौरादहमा भेटघाट कार्यक्रम

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१

विश्वकपमा आज तीन खेल : अन्तिम खेलमा पाकिस्तान र अमेरिका भिड्दै

काठमाडौं – आईसीसी टी-२० विश्वकप अन्तर्गत मंगलबार तीन खेल हुँदैछन्।