मतदाता भेट्न टोलटोलमा पुगे सल्यानका नवनिर्वाचित जनप्रतिनिधि  « Khabarhub

मतदाता भेट्न टोलटोलमा पुगे सल्यानका नवनिर्वाचित जनप्रतिनिधि 


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – स्थानीय तहको निर्वाचन -२०७९बाट सल्यानको दार्मा गाउँपालिकामा निर्वाचित जनप्रतिनिधि मतदातासँग भेटघाट कार्यक्रम सुरु गरेका छन् । गाउँपालिका अध्यक्ष निमबहादुर केसी लगायतका जनप्रतिनिधिले दार्मा गाउपालिकामा मतदातासँग भेटघाट गरेका छन् ।

शुक्रबार शपथ ग्रहण गरेपछि शनिबारबाट मतदातालाई भेटघाटको कार्यक्रम सुरु गरेको अध्यक्ष केसीले बताए । शनिबार वडा नम्वर २ को ओजाबाङ, पाथिखोला, कौछे, लिगा र वडा नम्बर ४ को रातामाटा, गलात, सउखालि,नकालगाउ,सिङ्गारीकोट, रामिडाडा, पुखात लगायतका स्थानमा गएर मतदाताहरुसँग भेटघाट गरेको अध्यक्ष केसीले बताए ।

भेटका क्रममा अध्यक्षले निर्वाचित भई सकेपछि आफू पार्टीको नभएर समग्र दर्माली जनताको प्रतिनिधि भएकाले सबैलाई समान दृष्टिकोणले हेर्ने दाबी गरे । दार्माको विकासमा यो र त्यो पार्टी नभनेर गुणस्तरीय विकासका लागि काम गर्ने छ,’ उनले भने, दार्मा सल्यान जिल्लाकै विकट बस्ती भएकाले विकासमा पछाडि परेको छ। स्थानीय सरकार भएपछि दार्माले अबको पाँच वर्षमा दार्मा गाउँपालिकालाई नमुना गाउँपालिका बनाउन आफ्नो टिम लाग्नेछ ।’

पाँच वर्षमा जनताको मतदानलाई नबिर्सेर समृद्ध दार्मा बनाउन लागि पर्नेमा उनले जोड दिए । सबै जनताले आफूलाई विश्वास गरेर फेरि निर्वाचित गराएकाले सबको भावना अनुसार काम गर्ने उनको भनाई छ ।

दार्मामा शिक्षा, स्वास्थ्य, यातायात, खानेपानी रोजगारका विषयलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने योजना रहेको छ ।

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  १२ : ०३ बजे

झापा ५ बाट बालेन्द्र उठ्नुहुन्छ : यज्ञमणि न्यौपाने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा अधिवक्ता यज्ञमणि न्यौपानेले झापा

गम्भीर तथा आकस्मिक बीरामीका लागि नर्भिकले ल्यायो निःशुल्क एम्बुलेन्स सेवा 

काठमाडौं– नर्भिक इन्टरनेशनल अस्पतालले आपतकालीन सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा

मनाइयो २८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस

काठमाडौं– २८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस विभिन्न कार्यक्रमको आयोजना

प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाल तामाङ घेदुङको प्रतिनिधिमण्डलले भेट गरेको

नेपाल चिकित्सक संघको निर्वाचन स्थगित

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) को निर्वाचन कार्यक्रम स्थगित गरिएको