हेटौंडा उपमहानगरका जनप्रतिनिधिले लिए शपथ | Khabarhub Khabarhub

हेटौंडा उपमहानगरका जनप्रतिनिधिले लिए शपथ


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा – हेटौंडा उपमहानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सोमबार एक कार्यक्रमका बीच हेटौंडा उपमहानगरपालिकाका मेयर, उपमेयर, १९ वटै वडाका वडा अध्यक्ष, वडा सदस्यहरु गरि ९७ जना जनप्रतिनिधीहरुले सपथ ग्रहण गरेका हुन् ।

मकवानपुरका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले हेटौंडाको मेयर मीना कुमारी लामालाई पद तथा गोपनीयताको शपथ गराएका थिए । लामाले शपथ लिएलगत्तै उपमेयर राजेश बानियाँ, वडा अध्यक्ष तथा वडा सदस्यहरूलाई शपथ गराएकी थिइन् ।

शपथ ग्रहणपछि हेटौंडा- ११ मा रहेको सहिद स्मारकमा रहेर सहिदहरूको सम्मान गर्ने र सबै वडामा पदभार ग्रहण गर्ने तालिका रहेको छ ।

शपथ ग्रहणपछि मेयर लामाले जनभावनाअनुसार काम गर्ने बताइन् । उनले चुनावअघि घोषणापत्रमा उल्लेख भएअनुसारको काम गर्दै हेटौंडालाई समृद्ध बनाउने प्रतिबद्धता पनि व्यक्त गरिन् ।

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  ११ : ५१ बजे

साफ महिला यू–२० च्याम्पियनसिप: नेपाललाई हराउँदै बंगलादेशले जित्यो उपाधि

काठमाडौं – सागोरिकाको ह्याट्रिक गोलमा बंगलादेशले साफ महिला यू–२० च्याम्पियनसिपको

एमाले केन्द्रीय कमिटीको आजको बैठक सम्पन्न, भोलि पुनः बस्ने

काठमाडौं – नेकपा (एमाले)को नवौँ केन्द्रीय कमिटीको आजको बैठक सम्पन्न

नेपालको पोष्टमा बंगलादेशको चार गोल

काठमाडौं – २० वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबल अन्तर्गतको

बङ्गलादेशको ढाकामा लडाकु विमान दुर्घटना, १६ जनाको मृत्यु

ढाका – बङ्गलादेशको राजधानी ढाकामा सोमबार एक लडाकु विमान विद्यालय

पौडी खेल्ने गएका किशोरको डुबेर मृत्यु

 भरतपुर– नारायणी नदीमा पौडी खेल्न गएका एक किशोरको डुबेर मृत्यु