डाक्टर स्ट्रेन्जको सिक्वेल बन्यो सर्वाधिक कमाउने दोस्रो फिल्म  « Khabarhub

डाक्टर स्ट्रेन्जको सिक्वेल बन्यो सर्वाधिक कमाउने दोस्रो फिल्म 


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरसको महामारी पश्चात ओटीटीमा दर्शक बढे । लगानी पनि त्यही अनुसार ओटीटीमा थपियो । नयाँनयाँ कन्टेन आउन थालेपछि दर्शक पुनः हलमा आउने हो कि होइनन् भन्ने बहस नै भयो । किनकी दर्शकलाई आफ्नो समय अनुसार फिल्म हेर्ने बानी लागिसकेको थियो । 

साथै, हलमा आएको  केही समयमै प्रतीक्षित फिल्म पनि ओटीटीमा आउन थाले । यसले गर्दा कोरोना भाइरसको महामारी पश्चात हलको भविष्य के होला रु भन्ने चर्चा धेरै नै भयो ।

यद्यपि प्रदर्शनमा आएका केही फिल्मले त्यो चिन्ता हटाए । स्पाइडर म्यान : नो वे होम , जेम्स बोन्ड : नो टाइम टु डाइ जस्ता फिल्मले दर्शकलाई हलमा ल्याउन सफल भए । 

यही दौडमा डाक्टर स्ट्रेन्जमल्टीभर्स अफ म्याडनेस पनि अगाडि आएको छ । महामारीपछि बक्स अफिसमा कमाउने फिल्मको लिस्टमा यो दोस्रो स्थानमा पर्न सफल भएको छ । विश्वभरबाट ८ सय ३ करोड अमेरिकी डलर कमाइ गर्दै फिल्मले दोस्रो स्थान प्राप्त गरेको हो । ‘डाक्टर स्ट्रेन्ज : मल्टीभर्स अफ म्याड्नेस ’ले घरेलु बजारबाट २ सय ४२ करोड अमेरिकी डलर कमाएको हो भने विदेशी बजारमा ४ सय ६१ करोड कमाएको हो ।

पहिलो स्थानमा ‘स्पाइडरमेनस् नो अवे होम’ रहेको छ । यो फिल्मले १० अर्ब ८९ करोड डलर कमाइ गरेको थियो । महामारीको समयमा प्रदर्शन भएका फिल्ममध्ये यसअघि दोस्रो स्थानमा जेम्स बन्ड सिरिजको ‘नो टाइम टु डाई’ रहेको थियो । यो फिल्मले विश्वभरबाट ७ सय ७४ करोड कमाएको थियो ।

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  २ : ३१ बजे

लागूऔषधसहित विभिन्न स्थानबाट चौध जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

रविको अभियोगपत्र फिर्ताविरुद्धको रिट पूर्ण इजलासमा पेस गर्न सर्वोच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको

मोडल इभा गिरीले साइन गरिन् ‘पाँच पाण्डव’

काठमाडौं – मोडल तथा सामाजिक सञ्जालकी चर्चित पात्र इभा गिरीले

विपद् जोखिम न्यूनीकरणको तयारी गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले मनसुनपूर्व नै विपद् जोखिम न्यूनीकरणका लागि

सुटिङअघि नै नीताको डेब्यू निर्देशन रहने फिल्म ‘पार्वती’को प्रदर्शन मिति सार्वजनिक

काठमाडौं – नायिका तथा निर्मात्री नीता ढुङ्गानको डेब्यू निर्देशन रहने