डाक्टर स्ट्रेन्जको सिक्वेल बन्यो सर्वाधिक कमाउने दोस्रो फिल्म  « Khabarhub

डाक्टर स्ट्रेन्जको सिक्वेल बन्यो सर्वाधिक कमाउने दोस्रो फिल्म 


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरसको महामारी पश्चात ओटीटीमा दर्शक बढे । लगानी पनि त्यही अनुसार ओटीटीमा थपियो । नयाँनयाँ कन्टेन आउन थालेपछि दर्शक पुनः हलमा आउने हो कि होइनन् भन्ने बहस नै भयो । किनकी दर्शकलाई आफ्नो समय अनुसार फिल्म हेर्ने बानी लागिसकेको थियो । 

साथै, हलमा आएको  केही समयमै प्रतीक्षित फिल्म पनि ओटीटीमा आउन थाले । यसले गर्दा कोरोना भाइरसको महामारी पश्चात हलको भविष्य के होला रु भन्ने चर्चा धेरै नै भयो ।

यद्यपि प्रदर्शनमा आएका केही फिल्मले त्यो चिन्ता हटाए । स्पाइडर म्यान : नो वे होम , जेम्स बोन्ड : नो टाइम टु डाइ जस्ता फिल्मले दर्शकलाई हलमा ल्याउन सफल भए । 

यही दौडमा डाक्टर स्ट्रेन्जमल्टीभर्स अफ म्याडनेस पनि अगाडि आएको छ । महामारीपछि बक्स अफिसमा कमाउने फिल्मको लिस्टमा यो दोस्रो स्थानमा पर्न सफल भएको छ । विश्वभरबाट ८ सय ३ करोड अमेरिकी डलर कमाइ गर्दै फिल्मले दोस्रो स्थान प्राप्त गरेको हो । ‘डाक्टर स्ट्रेन्ज : मल्टीभर्स अफ म्याड्नेस ’ले घरेलु बजारबाट २ सय ४२ करोड अमेरिकी डलर कमाएको हो भने विदेशी बजारमा ४ सय ६१ करोड कमाएको हो ।

पहिलो स्थानमा ‘स्पाइडरमेनस् नो अवे होम’ रहेको छ । यो फिल्मले १० अर्ब ८९ करोड डलर कमाइ गरेको थियो । महामारीको समयमा प्रदर्शन भएका फिल्ममध्ये यसअघि दोस्रो स्थानमा जेम्स बन्ड सिरिजको ‘नो टाइम टु डाई’ रहेको थियो । यो फिल्मले विश्वभरबाट ७ सय ७४ करोड कमाएको थियो ।

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  २ : ३१ बजे

बक्स अफिसमा ‘द राजा साब’को सन्नाटा, फ्लप बन्यो

काठमाडौं – दक्षिण भारतीय सुपरस्टार प्रभास स्टारर ‘द राजा साब’ले

गगनले घोषणा पत्र लेख्ने, विश्वप्रकाश फागुन २१ का चुनावी कमान्डर

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आगामी फागुन २१ गतेको

देउवाको ठाउँमा गगनको हस्ताक्षर कायम गर्न निर्वाचन आयोग जाने निर्णय

काठमाडौं- गगन थापाको नेतृत्वमा बिहीबार सर्वसम्मत चयन भएको नेपाली कांग्रेस

देउवा नेतृत्वको कांग्रेससंग सहकार्य गर्छौँ : महेश बस्नेत

काठमाडौं– नेकपा एमालेले यही माघ ४ गते काठमाडौंमा निर्वाचन केन्द्रित

शेरबहादुर देउवा अब हाम्रो संरक्षक भएर रहनुहुन्छ : पुष्पा भुसाल

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले बुधबार नयाँ नेतृत्व चयन