भारतमा टुंगो नलागेपछि ‘प्रेम गीत ३’ को नेपालमा प्रदर्शन तय  « Khabarhub

भारतमा टुंगो नलागेपछि ‘प्रेम गीत ३’ को नेपालमा प्रदर्शन तय 


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारत र नेपालमा एकसाथ प्रदर्शनमा आउने भनिएको फिल्म ‘प्रेम गीत ३’ नेपालमा भने असोज ७ गते प्रदर्शन हुने भएको छ ।

लामो समय देखि प्रदर्शन रोकिएको फिल्मले अन्ततः प्रदर्शन मिति तोकिएको हो  । बारम्बार मिति तोकेर पनि प्रदर्शन हुन नपाएको फिल्म  ‘प्रेमगीत ३’ ले अन्ततः बिदाको समय अर्थात् दशैँ रोजेको छ । स्वर्गीय छेतन गुरुङ र सन्तोष सेनको निर्देशन रहेको फिल्ममा प्रदीप खड्का र कृष्टिना गुरुङको मुख्य भूमिका रहेको छ । प्रेम गीत र प्रेम गीत २ पश्चात निर्माण गरिएको फिल्मलाई लिएर दर्शक उत्साहित छन् ।

भारतमा समेत प्रदर्शन गर्ने भनिएको फिल्म हिन्दीमा स्वरांकन गरिएको समेत निर्माण पक्षले सामाजिक सञ्जाल मार्फत जानकारी दिँदै आइरहेको थियो । यद्यपि भारतमा प्रदर्शनको टुंगो नलागेपछि फिल्म टिमले नेपाल प्रदर्शन गरेको बुझिएको छ ।

फिल्मलाई भारतमा प्रदर्शन गराउने व्यक्ति सम्पर्कमा नरहेपछि निर्माता सेन भारतमा फिल्म प्रदर्शन गर्ने प्रयासमा थिए । यद्यपि त्यसमा केही समय लाग्ने भएपछि फिल्मलाई नेपालमा रिलिज गर्ने तय गरिएको हो ।

‘फिल्मको भारतमा प्रदर्शन मिलाउने वा राइट्स लिन्छु भनेका व्यक्ति सम्पर्कमा नरहेपछि निर्माण पक्षले अन्य माध्यमबाट भारतमा प्रदर्शन गर्न खोजेता पनि त्यो सफल हुन् सकेको छैन’ स्रोतले भन्यो । यसका साथै दसैँमा परदेशी २ र हनी बनीले फिल्म रिलिज गर्ने घोषणा गरिसकेको छ ।

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  २ : ४९ बजे

ताप्लेजुङमा ५१ प्रतिशत मतदान

ताप्लेजुङ – हिमाली जिल्ला ताप्लेजुङमा ५१ प्रतिशत मत खसेको छ

सङ्खुवासभामा ५३ प्रतिशत मत खस्यो

सङ्खुवासभा – सङ्खुवासभामा ५३ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले

झापा-५ मा सर्वदलीय बैठक बस्दै, सहमति जुटे रातिबाटै मतगणना सुरु हुने

काठमाडौं – झापा निर्वाचन क्षेत्र न. ५ मा सर्वदलीय बैठक

काठमाडौं–१ को मतगणना सुरु हुँदै

काठमाडौं – प्रतिनिधिसभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर १ को

कास्कीमा ६० प्रतिशत बढी मत खस्यो

गण्डकी – प्रतिनिधिसभा सदस्यका लागि आज भएको निर्वाचनमा कास्कीमा करिब