उत्तर कोरियामा ७८ प्रतिशत ‘ज्वरो’ का बिरामी निको « Khabarhub

उत्तर कोरियामा ७८ प्रतिशत ‘ज्वरो’ का बिरामी निको


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं- उत्तर कोरियामा ७८ प्रतिशत ‘ज्वरो’ का बिरामी निको भएका उत्तर कोरियाको सरकारले जनाएको छ ।

उत्तर कोरियाको आधिकारिक समाचार संस्था कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए) ले जनाएअनुसार केही दिनदेखि ज्वरोको प्रकोप बढेको भएपनि अहिलेसम्म ७८ प्रतिशत भन्दा बढी निको भएका छन् ।

त्यहाँ अप्रिल महिनाको अन्त्यबाट ठूलो सङ्ख्यामा नागरिकहरूमा ‘ज्वरो’ को प्रकोप बढेको थियो । त्यस प्रकोपमा कम्तीमा पनि २६ लाख ४० हजार नागरिक परेका थिए । उनीहरूलाई केहीलाई अस्पताल भर्ना गरिएको थियो भने केहीको घरमै उपचार भएको थियो ।

गत शनिबार रातिसम्ममा २० लाख ६० हजार ज्वरोका बिरामी निको भएका थिए, भने अरु केहीलाई उपचार जारी रहेको बताइएको छ ।

सो समाचार संस्थाका अनुसार त्यहाँ ‘ज्वरो’ को प्रकोपका कारण ६७ जनाको ज्यान गएको थियो । सुरुमा ‘ज्वरो मात्र भनिएकामा पछि कतिपय नागरिकमा कोरोना भाइरसको संक्रमण पनि देखिएको थियो ।

तर उत्तर कोरियाली सरकारले यसलाई कोरोनाको प्रकोप नभएर ज्वरो मात्र भएको बताएको छ ।

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  १ : ५२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै