हत्यामा संलग्न रहेको आरोपमा एक १७ वर्षीय किशोर पक्राउ  « Khabarhub

हत्यामा संलग्न रहेको आरोपमा एक १७ वर्षीय किशोर पक्राउ 


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा- ठोरी गाउँपालिका–५ ठुलो बाघमोर्चा बस्ने २३ वर्षीय प्रविण पाख्रिनको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक जना १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ । ती किशोरलाई शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सोही गाउँपालिका–५ बाघमोर्चा मन्दिरको छेउमा प्रविणलाई जेठ ६ गते दिउँसो अज्ञात व्यक्तिहरूले ढुंगाले टाउको र अनुहारमा प्रहार गरी बेहोस अवस्थामा छाडी फरार भएका थिए ।

वीरगञ्जस्थित एलएस न्यूरो हस्पिटलमा उपचारको क्रममा आइतबार बिहान प्रविणको मृत्यु भएको थियो ।

उक्त घट्नामा संलग्न रहेको खुल्न आएका हाल फरार अन्य ३ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका किशोरमाथि ज्यान सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको  छ ।

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  ३ : २३ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५