निर्वाचनको परिणाम सन्तोषजनक « Khabarhub

 निर्वाचनको परिणाम सन्तोषजनक

कांग्रेसले निर्वाचनमा धेरै ठूलो सफलता हासिल गरेको छ : कांग्रेस प्रवक्ता महत 


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा कांग्रेसले धेरै ठूलो सफलता हासिल गरेको दाबी गरेका छन् । आज राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले उक्त दाबी गरेका हुन् । 

‘समग्रमा यो निर्वाचनको परिणामलाई सन्तोषजनक रुपमा लिएका छौं । नेपाली कांग्रेस आफैले पनि यो निर्वाचनमा धेरै ठूलो सफलता हासिल गरेको छ,’ प्रवक्ता महतले भने, ‘तालमेलसहित निर्वाचनको परिणाम हेर्ने हो भने सहयोगी दलहरुले पनि उल्लेख्य सफलता हासिल गरेको महसुस गरेका छौ ।’  

निर्वाचन स्वतन्त्र र निष्पक्ष ढंगले सम्पन्न भएको उनले बताए । कांग्रेसको सरकार भएको बेला भयरहित, स्वतन्त्र र निष्पक्ष निर्वाचन हुने दाबी पनि उनले गरे । 

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  ३ : ५३ बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज

६ महिनामा बागमती सरकारको पुँजीगत खर्च ८ दशमलव ९९ प्रतिशत मात्र

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष (आव) २०८२–०८३ को

उम्मेदवारको सिफारिसबाट आफ्नो नाम हटाइदिन कांग्रेस नेता खड्काको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारको

रास्वपा केन्द्रीय समिति बैठक आइतबारलाई आह्वान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक आह्वान

निर्वाचन प्रहरीका लागि मागअनुसार निवेदन नपरेपछि समय थपियो

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि