सबै वडावासीको विद्युत महशुल आफैँले तिरिदिने वडा अध्यक्षको घोषणा « Khabarhub

सबै वडावासीको विद्युत महशुल आफैँले तिरिदिने वडा अध्यक्षको घोषणा


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– पाटन नगरपालिका-९ का वडा अध्यक्ष कालुसिंह भाटले आफ्नो वडावासी सबैको विद्युत महशुल तिरिदिने घोषणा गरेका छन् । 

आफ्नो मासिक पारिश्रमिकबाट वडामा रहेका सबै ग्राहकको विद्युत महशुल दिन उनले घोषणा गरेका हुन् । सिद्धेश्वर मावि हुक्केडाडाँमा सोमबार आयोजित सहभोज कार्यक्रममा उनले आफू तलबका लागि नभई जनसेवाका लागि वडा अध्यक्ष बनेको दाबी गरे । आफ्नो कार्यकालभर इमान्दारिताका साथ काम गर्ने पनि उनले बताए । उनी नेकपा माओवादी केन्द्रबाट वडाअध्यक्षमा विजय भएका हुन् । 

वडा अध्यक्षले पारिश्रमिक नलिने र सो रकम वडावासीको विद्युत महशुलमा खर्च गर्ने निर्णय भैसकेको वडा सदस्य प्रेमसिंह भाटले बताए । उनले भने, ‘हाम्रो वडामा जम्मा चार सय ५० प्रयोगकर्ता छन् । उनीहरूको मासिक न्यूनतम महशुल बुझाइ दिने निर्णय भएको छ । यसरी मासिक करिब १३ हजार पाँच सय रकम हुन्छ । उक्त रकम अध्यक्षको तलबबाट तिर्न समस्या हुँदैन’ ।

विद्युत महशुल वडाअध्यक्षले तिरिदिने भएपछि स्थानीय  खुसी भएका छन् ।

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  ४ : ३० बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज

६ महिनामा बागमती सरकारको पुँजीगत खर्च ८ दशमलव ९९ प्रतिशत मात्र

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष (आव) २०८२–०८३ को

उम्मेदवारको सिफारिसबाट आफ्नो नाम हटाइदिन कांग्रेस नेता खड्काको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारको

रास्वपा केन्द्रीय समिति बैठक आइतबारलाई आह्वान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक आह्वान

निर्वाचन प्रहरीका लागि मागअनुसार निवेदन नपरेपछि समय थपियो

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि