बलात्कार आरोपित पाण्डेविरुद्ध मानव बेचविखन र यौन दुर्व्यवहारको दुई मुद्दा दर्ता « Khabarhub

बलात्कार आरोपित पाण्डेविरुद्ध मानव बेचविखन र यौन दुर्व्यवहारको दुई मुद्दा दर्ता


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बलात्कार आरोपमा पक्राउ परेका मनोज पाण्डेविरुद्ध दुई फरक आरोपमा मुद्दा दर्ता भएको छ ।

पाण्डेमाथि मानवबेचबिखन र यौन दुर्व्यवहारको आरोपमा मुद्दा दर्ता गरिएको काठमाडौँ महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी सुदीप गिरीले जानकारी दिए । 

आठ वर्षअघि मिस ग्लोबल इन्टरनेसनलमा भाग लिएकी एक युवतीले आफूमाथि पाण्डेले पटक–पटक बलात्कार गरेको आरोप लगाउँदै सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गरेकी थिइन् । यो घटना सार्वजनिक भएपछि अर्की एक किशोरीले पनि पाण्डेले आफूमाथि पनि बलात्कार प्रयास गरेको भन्दै जाहेरी प्रहरीमा दिएकी छन् । 

पक्राउ परेका पाण्डेमाथि ८ वर्ष अघिको घटनामाथि जाहेरी दिने १ वर्षे हद म्यादका कारण प्रहरीले मानव बेचबिखनविरुद्ध मुद्दा दर्ता गरेको र अर्की किशोरीको जाहेरीको आधारमा यौन दुर्व्यवहारको मुद्दा चलाएको महानगरीय प्रहरी परिसर प्रमुख गिरीले बताए । 

उमेरले नाबालिग भएकाले उनको केसमा हदम्याद आकर्षित नहुने उनको भनाइ छ । आरोपी पाण्डेलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौँ लगिएको पनि गिरीले बताए ।

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  ४ : २२ बजे

आईपीएलमा दिल्ली क्यापिटल्सको विजयी सुरुवात : लखनउ ६ विकेटले पराजित

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा दिल्ली क्यापिटल्सले

एसईई परीक्षा सुरु (तस्बिरहरू)

काठमाडौँ– यस वर्षको एसईई आजदेखि सुरु भएको छ । परीक्षा

इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प

इन्डोनेसिया – इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका

बालाजुको बाइसधारा मेला (तस्बिरहरू)

काठमाडौँ– चैत शूक्ल पूर्णिमा दिन आज ऐतिहासिक महत्व बोकेको काठमाडौँको

सिर्जनाको शरीरमा कसले लगायो आगो ? प्रहरीले अझै फेला पारेन सुराग

काठमाडौँ- चैत १४ गते शनिबार राति करिब १२ बजेतिर नेपालगञ्ज–१२