‘चिसो मान्छे’ ट्रेलर सार्वजनिक (भिडियो)  « Khabarhub

‘चिसो मान्छे’ ट्रेलर सार्वजनिक (भिडियो) 


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वस्तिमा खड्का अभिनीत फिल्म ‘चिसो मान्छे’ को ट्रेलर सार्वजनिक भएको छ । आउँदो महिना असार ३ गतेबाट प्रदर्शनमा आउने फिल्मलाई दीपेन्द्र कुमार खनालले निर्देशन गरेका हुन् ।

फिल्मको सार्वजनिक पोस्टर र टिजरमै स्वस्तिमामा देखिएको कर्णाली ‘लुक्स’ ले चर्चा पाएको थियो । कर्णालीको जीवन, त्यहाँको रहनसहन, श्रीमान् वैदेशिक रोजगारमा गएपछिको भोगाइ र स्वस्तिमाको संघीय राजधानी काठमाडौँसम्मको यात्रालाई समेटेर ट्रेलर तयार पारिएको छ । ट्रेलरमा अर्पण थापा र देशभक्त खनाल पनि अटाएका छन् । विदेशबाट आएको शवलाई गाउँ पुर्‍याउने यात्रा फिल्ममा देखाइने छ । 

फिल्मलाई डीएस डिजिटल प्रालिको ब्यानरमा शर्मिला पाण्डेले निर्माण गरेकी हुन् । फिल्ममा निर्देशक खनालकै लेखन र छायांकन समेत रहेको छ । दीर्घ खड्काले सम्पादन गरेको फिल्ममा आशान्त शर्मा, प्रभाकर न्यौपाने, रामबाबु रेग्मी, झकेन बीसी, सञ्जोग रसाइली लगायतका कलाकारले पनि अभिनय गरेका छन् ।

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  ५ : ४३ बजे

लागूऔषधसहित विभिन्न स्थानबाट चौध जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

रविको अभियोगपत्र फिर्ताविरुद्धको रिट पूर्ण इजलासमा पेस गर्न सर्वोच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको

मोडल इभा गिरीले साइन गरिन् ‘पाँच पाण्डव’

काठमाडौं – मोडल तथा सामाजिक सञ्जालकी चर्चित पात्र इभा गिरीले

विपद् जोखिम न्यूनीकरणको तयारी गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले मनसुनपूर्व नै विपद् जोखिम न्यूनीकरणका लागि

सुटिङअघि नै नीताको डेब्यू निर्देशन रहने फिल्म ‘पार्वती’को प्रदर्शन मिति सार्वजनिक

काठमाडौं – नायिका तथा निर्मात्री नीता ढुङ्गानको डेब्यू निर्देशन रहने