‘मेरो फिल्ममा लभ स्टोरी हुन्छ’ « Khabarhub

‘मेरो फिल्ममा लभ स्टोरी हुन्छ’


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्देशक अनुभव सिन्हाले आफ्नो प्रत्येक फिल्ममा ‘लभ स्टोरी’ हुने बताएका छन् ।प्राय सोसल मुद्दामा फिल्म निर्देशन गरिरहेका अनुभवले एक अन्तरवार्ताको क्रममा यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनलाई सोसल बाहेक अन्य जनराको फिल्म किन निर्देशन गर्नु हुन्न ? भन्ने प्रश्नमा उनले भने, ‘मैले निर्देशन गर्ने फिल्ममा प्रेम कथा हुन्छन । ती लभ स्टोरी हुन् । यद्यपि मैँले देखाउने प्रेम राष्ट्रसँगको हो । एउटा सिपाहीले राष्ट्रलाई कति माया गर्छ भन्ने मैले फिल्ममा देखाउँछु’ । उनी कथालाई सूक्ष्म तरिकाले देखाउन रुचाउने समेत बताउँछन् । उनले समाजमा वास्ता नहुने मुद्दालाई कथा बनाउने बताए । ‘हाम्रो मुद्दालाई हामीले नै हो देखाउने । त्यसैले मैँले सामाजिक कथालाई भन्न र देखाउन रुचाउँछु’ अनुभवले भने । उनले आउँदो फिल्महरूमा समेत यस्तै सोसल इस्युलाई देखाउने बताएका छन् । उनले निर्देशन गरेको पछिल्लो फिल्म हो,’अनेक’ ।

उनले आयुष्मानलाई समेत सोसल ड्रामाको लागि फिट हिरो देख्छन् । उनी आयुष्मानलाई प्रेमी भन्दा पनि राष्ट्रलाई प्रेम गरिरहेको कथामा देखाउन चाहन्छन् । आयुष्मानले अभिनय गरेको पछिल्लो फिल्म हो ‘अनेक’ । यस अगाडि पनि उनले ‘आर्टिकल १५’ फिल्ममा काम गरेका थिए । त्यो पनि उनले अभिनय गरिरहेको फिल्ममा फरक थियो । आयुष्मानलाई यस्ता फरक फिल्महरू निर्देशक अनुभव सिन्हाले दिएका हुन् । राजनीतिक एक्सन थ्रिलर फिल्ममा आयुष्मानले अन्डरकभर प्रहरीको भूमिका निर्वाह गरेका छन् ।

फिल्मलाई भारतको नर्थ इष्ट क्षेत्रमा छायांकन गरिएको छ । निर्देशक सिन्हाले यी फिल्महरू आयुष्मानलाई अफर गर्नुको कारण बारे बताए । ‘मैँले आयुष्मानलाई जस्तो देखेको छु । त्यही अनुसार फिल्ममा देखाउँछु । मलाई थाहा छैन, उनलाई सोसल ड्रामा मात्र किन अफर हुन्छ’ निर्देशक सिन्हाले भने । उनले आफूले खोजेको पात्रमा आयुष्मान् फिट भएको समेत बताए । ‘पछिल्लो फिल्म आर्टिकल १५ मा केही कमी थियो । यद्यपि यसपटक उनले बडी पनि बनाएका छन् । उनलाई मैँले देखाउने पात्रमा ढाल्न कुनै अप्ठ्यारो भएन’ उनले भने । आयुष्मानले पनि निर्देशक सिन्हासँग काम गर्दा आफूले केही सिकिरहेको बताए ।

मैँले उनीसँग काम गर्दा भारतलाई झनै नजिकबाट चिन्ने मौका पाउँछु । र, मलाई फरक तरिकाले प्रस्तुत गर्ने निर्देशक पनि उनी नै हो’ आयुष्मानले भने । फिल्म मे २२ मा रिलिज हुँदैछ । आयुष्मानले क्षेत्र र भाषाको आधारमा भारत विभाजित भइरहेकाले सबैमा भारतीयको भावना जगाउनुपर्ने विषय उठाइरहेको देख्न सकिन्छ ।

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  ६ : ०२ बजे

१७ सय २१ मतसहित एमाले केन्द्रीय कमिटीमा आए सुहाङ नेम्बाङ

काठमाडौं– इलामका युवा नेता सुहाङ नेम्वाङ नेकपा एमालेको केन्द्रीय सदस्य भएका

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ

काठमाडौं– विभिन्न शहरबाट अवैध लागूऔषधसहित १९ जना पक्राउ परेका छन्

नवजात शिशुको सिकलसेल परीक्षण निःशुल्क

नेपालगञ्ज– भेरी अस्पताल नेपालगञ्जमा नवजात शिशुको सिकलसेल एनिमियाको निःशुल्क परीक्षण

एमालेको पदाधिकारीमा ५७.८९ प्रतिशत बर्चस्व ब्राम्हण जातिको मात्रै

काठमाडौं– नेकपा (एमाले)को ११ औँ महाधिवेशनले पार्टीको पदाधिकारीमा अधिकांश ब्राह्मण-क्षेत्री

मौन बसेरै रघुजीले जिते उपाध्यक्ष

काठमाडौं- नेकपा एमालेको एघारौं महाधिवेशनमा उपाध्यक्षमा रघुजी पन्तले मौन विद्रोह