पेरिसस्थित कतारी दूतावासका सुरक्षा गार्डको हत्या | Khabarhub Khabarhub

पेरिसस्थित कतारी दूतावासका सुरक्षा गार्डको हत्या


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फ्रान्सको राजधानी पेरिसस्थित कतारी दूतावासमा कार्यरत सुरक्षा गार्डको हत्या भएको छ । फ्रान्सेली अभियोजनकर्तालाई उद्धृत गर्दै कतारी टेलिभिजन च्यानल अल जजीराले जनाएअनुसार अर्का एकजनासँग झगडा गर्दा उनको मृत्यु भएको हो ।

पेरिसबाट प्रकाशित हुने ल पेरिसनले जनाएअनुसार ३८ वर्षे मनोरोगीसँग झगडा परेपछि सुरक्षा गार्डको मृत्यु भएको हो । हत्या गर्ने समय संदिग्धले लागूऔषध कोकेनको सेवन गरेको जनाइएको छ ।

पेरिसस्थित अभियोजनकर्ताको कार्यालयले मध्य पेरिसको आठौँ जिल्लामा उनको मृत्यु भएको पुष्टि गरेको छ । कार्यालयका अनुसार घटनापछि एकजनालाई नियन्त्रणमा लिएर हत्याको आरोपमा अनुसन्धान अघि बढाइएको छ ।

‘सुरक्षा गार्डको मृत्युबारे अझै धेरै जानकारी आउन बाँकी छ ।’ अभियोजकलाई उद्धृत गर्दै अल जजीराले जनाएको छ । यसका साथै सुरक्षा गार्डमाथि कस्तो किसिमको हतियार प्रहार गरिएको थियो भन्ने पनि स्पष्ट नभइसकेको जनाइएको छ ।

यता पेरिसस्थित कतारी दूतावासले हत्यालाई ‘निन्दनीय तथा अन्यायपूर्ण’ भनेको छ । सामाजिक सञ्जाल ट्विटरमा विज्ञप्ति जारी गर्दै दूतावासले अनुसन्धानको नतिजा पर्खिने जनाएको छ । साथै दूतावासले मृतकका परिवारको निजी जीवनको पनि सम्मान गर्न आग्रह गरेको छ ।

प्रहरी स्रोतले अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सलाई जनाएअनुसार हालसम्मको विश्लेषणबाट ‘आतंकवाद’ को प्रेरणाले हिंसा भएकोजस्तो देखिन्न ।

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  ७ : ०९ बजे

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको

प्लेअफमा पुग्न चेन्नईले पायो २१९ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरू

टीओआरका संयोजक गिरी भन्छन् : कार्यदलमा कानूनका जानकार हुनुहुन्छ, न्यायोचित सुझाव दिन्छौँ

काठमाडौं– सत्ता पक्षका दल र प्रतिपक्षका दलबीच सहकारी प्रकरणबारे छानबिन