पेरिसस्थित कतारी दूतावासका सुरक्षा गार्डको हत्या « Khabarhub

पेरिसस्थित कतारी दूतावासका सुरक्षा गार्डको हत्या


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फ्रान्सको राजधानी पेरिसस्थित कतारी दूतावासमा कार्यरत सुरक्षा गार्डको हत्या भएको छ । फ्रान्सेली अभियोजनकर्तालाई उद्धृत गर्दै कतारी टेलिभिजन च्यानल अल जजीराले जनाएअनुसार अर्का एकजनासँग झगडा गर्दा उनको मृत्यु भएको हो ।

पेरिसबाट प्रकाशित हुने ल पेरिसनले जनाएअनुसार ३८ वर्षे मनोरोगीसँग झगडा परेपछि सुरक्षा गार्डको मृत्यु भएको हो । हत्या गर्ने समय संदिग्धले लागूऔषध कोकेनको सेवन गरेको जनाइएको छ ।

पेरिसस्थित अभियोजनकर्ताको कार्यालयले मध्य पेरिसको आठौँ जिल्लामा उनको मृत्यु भएको पुष्टि गरेको छ । कार्यालयका अनुसार घटनापछि एकजनालाई नियन्त्रणमा लिएर हत्याको आरोपमा अनुसन्धान अघि बढाइएको छ ।

‘सुरक्षा गार्डको मृत्युबारे अझै धेरै जानकारी आउन बाँकी छ ।’ अभियोजकलाई उद्धृत गर्दै अल जजीराले जनाएको छ । यसका साथै सुरक्षा गार्डमाथि कस्तो किसिमको हतियार प्रहार गरिएको थियो भन्ने पनि स्पष्ट नभइसकेको जनाइएको छ ।

यता पेरिसस्थित कतारी दूतावासले हत्यालाई ‘निन्दनीय तथा अन्यायपूर्ण’ भनेको छ । सामाजिक सञ्जाल ट्विटरमा विज्ञप्ति जारी गर्दै दूतावासले अनुसन्धानको नतिजा पर्खिने जनाएको छ । साथै दूतावासले मृतकका परिवारको निजी जीवनको पनि सम्मान गर्न आग्रह गरेको छ ।

प्रहरी स्रोतले अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सलाई जनाएअनुसार हालसम्मको विश्लेषणबाट ‘आतंकवाद’ को प्रेरणाले हिंसा भएकोजस्तो देखिन्न ।

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  ७ : ०९ बजे

सन्तानको चाहना, दाम्पत्य जीवनको संघर्ष र हाँसो-ठट्टा : यस्तो छ ‘छ माया छपक्कै २’ को ट्रेलर

काठमाडौं- नेपाली फिल्म ‘छ माया छपक्कै २’ ले दर्शकमाझ हाँसो

प्रसूति सेवामा अब आमाको गोपनीयता सुनिश्चित गरिने

काठमाडौं– स्वास्थ्य संस्थामा प्रसूति सेवा लिने आमाको गोपनीयता र व्यक्तिगत

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी

काठमाडौं– आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस भएको

सत्तापक्षकै सांसदले भने- दुई तिहाइको बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् अमरेशकुमार सिंहले दुई