‘नेपाली कलालाई प्रमोट गर्न चाहन्छु’ « Khabarhub

‘नेपाली कलालाई प्रमोट गर्न चाहन्छु’


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकाको मेयरका प्रत्यासी बालेन्द्र साह (बालेन) को चर्चा नेपालभर छ ।

युवा पुस्तामार्फत आफ्नो लोकप्रियता बढाएका बालेनको चर्चा नगर्ने अहिले कमै छन् । उनले स्वतन्त्र रुपमा उम्मेदवारी दिएर प्राप्त गरिरहेको मतले उनलाई कुराकानीको टपिक सर्वत्र बनाएको छ । मेयरमा उम्मेदवारी दिनु अगाडि उनको परिचय कलाकारको रुपमा थियो।यिनै बालेनले कोरोना प्रभावित नेपाली फिल्म क्षेत्रलाई राहत दिन आफू मेयर भए महानगरले एक वर्षसम्मका लागि २ प्रतिशत कर मिनाहा गर्ने बताएका छन् ।

चुनावको मतगणना चलिरहेको समयमा पनि नेपाली फिल्म ‘चिसो मान्छे’ को ट्रेलर सार्वजनिक कार्यक्रममा आइपुगेका बालेनलाई चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले नेपालीले फिल्मका निर्माताले तिर्ने ५ प्रतिशत स्थानीय कर मिनाहा गर्न आग्रह गरेका थिए ।  बालेनले बोर्डको मागप्रति गम्भीर रहेको समेत बताए ।

‘घोषणापत्रमै फिल्मसहित कला संस्कृतिलाई सम्वर्द्धन गर्नुपर्छ भन्ने उल्लेख छ । हामी त्यसलाई कार्यन्वयनमा लैजान्छौँ’ उनले भने । नेपाली कलालाई अन्तर्राष्ट्रियस्तरसम्म पुर्‍याउन र विदेशमा प्रतिष्पर्धा गर्न सक्ने बनाउन आफ्नो सहयोग रहने समेत उनले बताए । ‘हामीले हाम्रो फिल्मलाई किन हिन्दी र अंग्रेजीमा स्वरांकन नगर्ने? कला उही हो केवल भाषा फरक हो । हाम्रो कलालाई नेटफ्लिक्स, अमेजन प्राइमसम्म लैजान म मेयर बने भने अवश्य पहल गर्नेछु’ बालेनले भने । उनले नेपाली फिल्म मात्र नभई कला नै समग्र रुपमा अन्तर्राष्ट्रियस्तरमा लैजान पहल गर्ने बताएका छन् ।

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  ७ : २१ बजे

कांग्रेस सभापति गगन थापालाई सुजाताको शुभकामना, भन्छिन्– परिवर्तनलाई स्वीकार्नुपर्छ

काठमाडौं– नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित

रविविरुद्धका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद्दा फिर्ता लिने निर्णयप्रति युवा संघको आपत्ति 

काठमाडौं– एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा सङ्घ नेपालले सरकारले राष्ट्रिय स्वतन्त्र

कांग्रेस देउवा पक्षका नेताहरू बैठकका लागि सानेपामा (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय समिति बैठक सुरु

प्राकृतिक सुन्दरताले भरिएको ‘मकालु पदमार्ग’ (तस्बिरहरू)

सङ्खुवासभा– प्राकृतिक सौन्दर्यको अवलोकन गर्दै ध्यान मग्न भएर शान्त पदमार्गमा

जेष्ठ प्राध्यापक अमात्य र थापाललाई ‘तीर्थानन्द वैद्य मेमोरियल लाइफ टाइम एचिभमेन्ट अवार्ड’

काठमाडौं– नेशनल बाथरोग सेन्टर र बद्री तीर्थ आर्थराइटिस समाजले दुई