जम्मु कश्मीरका महिलाहरू भारतका ठूला महानगरका महिलाभन्दा धेरै स्मार्टफोन चलाउँछन् « Khabarhub

जम्मु कश्मीरका महिलाहरू भारतका ठूला महानगरका महिलाभन्दा धेरै स्मार्टफोन चलाउँछन्


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारत प्रशासित जम्मु कश्मीरका महिलाहरूले भारतका अन्य शहरका महिलाभन्दा धेरै स्मार्टफोन प्रयोग गर्ने गरेको नयाँ तथ्यांक सार्वजनिक भएको छ ।

भारतको तथ्यांकबारे जानकारी स्वतन्त्र अनलाइन पोर्टल ‘स्टाट्स अफ इण्डिया’ ले सार्वजनिक गरेको तथ्यांक अनुसार जम्मु कश्मीरका ७५ दशमलब २ प्रतिशत महिलाहरुले स्मार्टफोन चलाउने गरेका छन् ।

यो संख्या भारतभर १२ औँ सबैभन्दा धेरै रहेको कशमीर अब्जरभर नामक समाचार पोर्टलले जनाएको छ । यता राजधानी दिल्लीमा भने जम्मु कश्मीरको भन्दा थोरै ७३ दशमलब ८ प्रतिशत महिलाहरुले स्मार्टफोन प्रयोग गर्ने गरेको स्टाट्स अफ इण्डियालाई उद्धृत गर्दै कश्मीर अब्जरभरले जनाएको छ ।

यसबाहेक उत्तर प्रदेशमा केबल ४६ दशमलब ५ प्रतिशत महिलाले स्मार्टफोन प्रयोग गर्ने गरेको बताइएको छ ।

त्यस्तै, हरियाणामा ५० दशमलब ४, पश्चिम बंगालमा ५० दशमलब १ प्रतिशत, गुजरातमा ४८ दशमलब १ र राजस्थानमा ५० दशमलब २ प्रतिशत महिलाहरुले मात्र स्मार्टफोन चलाउँछन् ।
 

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  ७ : २१ बजे

बूढीगण्डकी बाढी : प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार

गोरखा– बूढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट एक हजार बढी नागरिकको हेलिकोप्टरमार्फत उद्धार

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य १,१०० रुपैयाँ र चाँदीको

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला