काठमाडौं– भारत प्रशासित जम्मु कश्मीरका महिलाहरूले भारतका अन्य शहरका महिलाभन्दा धेरै स्मार्टफोन प्रयोग गर्ने गरेको नयाँ तथ्यांक सार्वजनिक भएको छ ।
भारतको तथ्यांकबारे जानकारी स्वतन्त्र अनलाइन पोर्टल ‘स्टाट्स अफ इण्डिया’ ले सार्वजनिक गरेको तथ्यांक अनुसार जम्मु कश्मीरका ७५ दशमलब २ प्रतिशत महिलाहरुले स्मार्टफोन चलाउने गरेका छन् ।
यो संख्या भारतभर १२ औँ सबैभन्दा धेरै रहेको कशमीर अब्जरभर नामक समाचार पोर्टलले जनाएको छ । यता राजधानी दिल्लीमा भने जम्मु कश्मीरको भन्दा थोरै ७३ दशमलब ८ प्रतिशत महिलाहरुले स्मार्टफोन प्रयोग गर्ने गरेको स्टाट्स अफ इण्डियालाई उद्धृत गर्दै कश्मीर अब्जरभरले जनाएको छ ।
यसबाहेक उत्तर प्रदेशमा केबल ४६ दशमलब ५ प्रतिशत महिलाले स्मार्टफोन प्रयोग गर्ने गरेको बताइएको छ ।
त्यस्तै, हरियाणामा ५० दशमलब ४, पश्चिम बंगालमा ५० दशमलब १ प्रतिशत, गुजरातमा ४८ दशमलब १ र राजस्थानमा ५० दशमलब २ प्रतिशत महिलाहरुले मात्र स्मार्टफोन चलाउँछन् ।
प्रतिक्रिया