सोल्मामा ‘मेरो एक दिन गाउँलाई’ « Khabarhub

सोल्मामा ‘मेरो एक दिन गाउँलाई’


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका नवनिर्वाचित वडाध्यक्ष ध्रुवविक्रम राईले ‘मेरो एक दिन गाउँलाई’ कार्यक्रम अघि सारेका छन् । सोमबार पदभार ग्रहण गर्दै नवनिर्वाचित वडाध्यक्ष राईले हरेक महिना एक दिन गाउँका लागि योगदान दिनेगरी ‘मेरो एक दिन गाउँलाई’ कार्यक्रम सञ्चालन गर्ने प्रस्ताव अघि सारेका हुन् । 

हरेक टोलमा टोल विकास समिति गठन गर्ने र सो समितिमार्फत महिनामा एक दिन वडाको विकास निर्माण, मर्मत सम्भार, सरसफाइ, वृक्षारोपण लगायतका सामाजिक काममा श्रमदान गर्ने र गराउने परिकल्पना गरिएको वडाध्यक्ष राईले बताए । ‘महिनाको एक दिन गाउँको विकासका लागि योगदान दिनेगरी यो योजना ल्याइएको हो,’ नवनिर्वाचित वडाध्यक्ष राईले भने, ‘बाटोघाटो, पुलपुलेसो निर्माण वा मर्मत, सरसफाइ, वृक्षारोपण वा गाउँमा जे आवश्यकता पर्छ त्यही कामका लागि एक दिन श्रमदान जुटाउने छौँ ।’ 

नवनिर्वाचित वडाध्यक्ष राईले ‘हामीले देखेको वडा र सोल्माको समृद्धि’ कार्यक्रम गर्ने, वडाको नाममा रहेको सवारी साधनलाई मानव तथा पशु स्वास्थ्य उपचारको लागि प्रयोग गर्ने, वडाको शैक्षिक क्षेत्रलाई व्यवहारिक शिक्षाको रूपमा रूपान्तरण गर्दै सोल्मालाई शैक्षिक हबको रूपमा विकास गर्ने, सोल्मा बसपार्कलाई तत्काल सञ्चालनमा ल्याउनुका साथै डिपिआर अनुसार कार्यक्रम अघि बढाउने योजना अघि सारेका छन् । 

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  ७ : ४१ बजे

भोटेकोशी बाढी : त्रिशूली–३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली

काठमाडौं– रसुवास्थित भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली–३ जलविद्युत् आयोजनाको सुरुङमा

किएभनजिकै रुसी ड्रोन आक्रमणमा ३७ जनाको मृत्यु

माइला– युक्रेनको राजधानी किएभनजिकै रहेको एक गोदाममा रुसी ड्रोन आक्रमण

बाजुरामा जिल्लाव्यापी पशु खोप अभियान

बाजुरा– बाजुरामा पशुचौपायामा लाग्ने विभिन्न रोग नियन्त्रणका लागि पहिलोपटक सञ्चालन

भोटेकोसी बाढीको भयावह तथ्यांक : १५ हजारभन्दा बढी अझै बेपत्ता

काठमाडौं– गत बुधबार भोटेकोसी र आसपासका क्षेत्रमा आएको विनाशकारी बाढीबाट

झण्डै १४ वटा फुटबल मैदान आकारमा बनेको छ चीन-नेपाल सीमामा ताल

काठमाडौं– भोटेकोशीको चीन-नेपाल सीमामा गएको पहिरोका कारण बनेको ताल १४