दीपक पासवानको हत्या आरोपित दुई जना पक्राउ « Khabarhub

दीपक पासवानको हत्या आरोपित दुई जना पक्राउ


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा- बाराको जितपुरसिमरा २० निवासी दीपक पासवानको हत्या आरोपित दुई जनालाई बारा प्रहरीले पक्राउ गरेको छ ।

स्थानीय राजबंशी पासवानका २५ वर्षिय छोरा दीपक पासवानको हत्या गरी पुरेको अवस्थामा जेठ ६ गते शब फेला परेको थियो । सोही हत्या आरोपमा उपमहानगरपालिका वडा नम्बर २० बसडिलवा टोल बस्ने शेख मीर हसनका छोरा वर्ष २० का शेख नवि आलम र सोही  ठाउँ बस्ने शेख जैनुलका छोरा वर्ष २१ का शेख सलिम पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार उनिहरुले मृतक दीपक पासवानको घाटीमा धारिलो घरेलु हतियार बखुवा (खुर्पा) ले  घाँटी रेटी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको बाराका प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिए । पासवानको शब पनि उपमहानगरपालिकाको वडा नम्बर २० बसडिलवा गोठ टोलदेखि करिब ५०० मिटर दक्षिणमा पर्ने कठोह खोला छेउमा बालुवामा पुरिएको अवस्थामा प्रहरीले फेला परेको थियो ।

उनिहरु पासवानको हत्यापछि फरार रहेका थिए । आइतबार पक्राउ परेका दुवै जनामाथि कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत बाराबाट ७ दिनको म्याद लिई हिरासतमा राखेर अनुसन्धान थालेको बारा प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  १० : ०७ बजे

परराष्ट्रमन्त्री खनाललाई रुसी समकक्षीको बधाई

काठमाडौँ– रूसका परराष्ट्रमन्त्री सर्गेई लाभरोभले नेपालको परराष्ट्रमन्त्रीमा शिशिर खनाल नियुक्त

गृहमन्त्री सुधन गुरुङले गरे पशुपतिनाथ मन्दिरको दर्शन

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन्।

महावीर पुन सांसद भएर पनि किन किताब बेच्छन् ?

काठमाडौँ – प्रतिनिधि सभा सदस्य तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक

बैतडीको श्रीपुर स्वास्थ्य केन्द्रमा ‘सतर्कता केन्द्र’ सञ्चालन

बैतडी– महामारी तथा विपदका बेला सूचना आदानप्रदान गर्न शिवनाथ गाउँपालिका–३

अस्वीकृत धूनदेखि राष्ट्रिय अवार्डसम्म: ‘क्या हुआ तेरा वादा’ को कथा

काठमाडौँ – बलिउडको संगीत इतिहासमा केही यस्ता गीत हुन्छन्, जुन