काठमाडौँ महानगरको मेयरमा वालेन र उपमेयरमा सुनिताको अग्रता कायमै « Khabarhub

काठमाडौँ महानगरको मेयरमा वालेन र उपमेयरमा सुनिताको अग्रता कायमै


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकामा मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका वालेन्द्र साहले आफ्नो अग्रतालाई निरन्तरता दिइरहेका छन् ।

पछिल्लो मत परिणामअनुसार साहले ४८०९० मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सिर्जना सिंहले २९१८० मत प्राप्त गरेकी छिन् ।

त्यस्तै, पछिल्ला केही दिनअघि दोस्रो स्थानमा रही साहलाई पछ्याइरहेका नेकपा (एमाले) का मेयर पदका प्रत्याशी केशव स्थापितले भने २८३२६ मत ल्याएका छन् ।

त्यस्तै, उपमेयरतर्फ नेकपा (एमाले) की उम्मेदवार सुनिता डंगोलले पनि आफ्नो अग्रतालाई कायमै राखेकी छिन् । पछिल्लो मत परिणामअनुसार उनले ४४७०५ मत प्राप्त गरेकी छिन् ।

त्यस्तै, उपमेयर पद तर्फ नै नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले १५२८२ मत प्राप्त गरेका छन् । त्यस्तै उपमेयर पदमा नै तेस्रो स्थानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी उम्मेद्वार विनिता मगैयाले ७०२३ मत प्राप्त गरेकी छिन् ।

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  ११ : ३४ बजे

बूढीगण्डकी बाढी : प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार

गोरखा– बूढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट एक हजार बढी नागरिकको हेलिकोप्टरमार्फत उद्धार

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य १,१०० रुपैयाँ र चाँदीको

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला