‘सहकार्यको संस्कार अपनाउनुपर्छ’ « Khabarhub

‘सहकार्यको संस्कार अपनाउनुपर्छ’


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले सबै जनताको साथ सहयोग लिएर विकासका गतिविधि अगाडि बढाउने बताएकी छिन् ।

स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत राजविराज नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूको शपथग्रहण समारोहमा आज मन्त्री यादवले निर्वाचनको परिणामलाई स्वभाविक मान्नुपर्ने र आपसी भाइचारा कायम रहनुपर्ने बताइन्

शिक्षा र स्वास्थ्यको विकासमा जोड दिँदै अस्पताल र क्लिनिकमा चिकित्सकको समय किटान गर्नुपर्ने र नगरभित्रको बिमारीलाई एम्बुलेन्सले प्राथमिकता दिनुपर्ने बताइन् ।

राजविराज नगरपालिकाको प्राङ्गणमा आयोजित एक समारोहबीच राजविराजका नवनिर्वाचित नगरप्रमुख भिमराज यादवले मुख्य निर्वाचन अधिकृत सप्तरी जिल्ला अदालतका प्रमुख न्यायाधीश चन्द्रमणि ज्ञवालीसमक्ष पद तथा गोपनीयताको शपथ लिए ।

शपथपछि उनले आफ्नो पालिकाका उपप्रमुख, वडाध्यक्ष र सदस्यलाई शपथ ग्रहण गराए । नवनिर्वाचित नगरप्रमुख यादवले जनताको सेवकको रुपमा काम गर्ने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  ११ : ५२ बजे

बूढीगण्डकी बाढी : प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार

गोरखा– बूढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट एक हजार बढी नागरिकको हेलिकोप्टरमार्फत उद्धार

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य १,१०० रुपैयाँ र चाँदीको

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला