आयोजक हेमजा युनाइटेड शुभकामना गोल्डकपको फाइनलमा « Khabarhub

आयोजक हेमजा युनाइटेड शुभकामना गोल्डकपको फाइनलमा


९ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा – पोखरामा जारी छैटौं संस्करणको शुभकामना गोल्डकपमा खुमलटार युथ क्लबलाई हराउँदै आयोजक हेमजा युनाइटेड फाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको पहिलो सेमिफाइनल खेलमा खुमलटारमाथि २–० गोल अन्तरले जीत निकाल्दै आयोजकले फाइनल यात्रा पक्का गरेको हो । हेमजाका लागि दुवै गोल कमल थापाले गरे ।

पहिलो हाफ बराबरीमा रोकिएपनि दोस्रो हाफमा हेमजाले लगातार २ गोल हान्यो । खेलको ५३ औं मिनेटमा हेम्जाका कमलले बायाँ एरियाबाट गरेको बललाई उत्कृष्ट प्रहार गरी गोलमा परिणत गरे । ६७ औं मिनेटमा कमलले व्यक्तिगत दोस्रो गोल गर्दै जीत पक्का गराए ।

प्रतियोगिता अन्तरगत बिहीबार अफ्रिकी क्लब एभिनियर र चर्च ब्वाइज विच फाइनल प्रवेशका लागि अन्तिम खेल हुँदैछ । असार ४ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा ८ टिम सहभागी थिए । विजेताले ६ लाख र उपविजेताले ३ लाख पुरस्कार पाउनेछन् ।

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार  ६ : ०९ बजे

शिक्षाको गुणस्तर सुधार्न घरदैलोमा शिक्षक

तनहुँ– शिक्षाको गुणस्तर सुधार्न यहाँको व्यास नगरपालिका–४ स्थित बेदव्यास प्राथमिक

शिक्षाको गुणस्तर सुधार्न घरदैलोमा शिक्षक

तनहुँ- शिक्षाको गुणस्तर सुधार्न तनहुँको व्यास नगरपालिका–४ स्थित बेदव्यास प्राथमिक

जुम्लाबाट एक वर्षमा तीन करोड बढी मूल्यको मार्सी चामल बिक्री

जुम्ला– जुम्लाबाट एक वर्षमा करिब १७५ मेट्रिक टन मार्सी धानको

जुम्लाबाट एक वर्षमा तीन करोड बढी मूल्यको मार्सी चामल बिक्री

जुम्ला- जुम्लाबाट एक वर्षमा करिब १७५ मेट्रिक टन मार्सी धानको

इजरायलले हिजबुल्लाहमाथि ’आवश्यकता अनुसार’ आक्रमण जारी राख्ने

तेल अभिभ- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले लेबनानमा घातक इजरायली आक्रमणको