खोटेहाङ गाउँपालिकाले ल्यायो साढे ५५ करोडको बजेट  « Khabarhub

खोटेहाङ गाउँपालिकाले ल्यायो साढे ५५ करोडको बजेट 


९ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङको खोटेहाङ गाउँपालिकाले साढे ५५ करोड बराबरको बजेट तथा कार्यक्रम ल्याएको छ । बुधबार सम्पन्न ११औं गाउँसभामार्फत खोटेहाङले आर्थिक वर्ष २०७९/०८० का लागि ५५ करोड ४३ लाख ९३ हजार १२० रुपैयाँ बराबरको बजेट पारित गरेको छ ।

कूल बजेटमध्ये सशर्त अनुदान, समपुरक अनुदान र विशेष अनुदान बाहेकको २१ करोड ७० लाख ८० हजार १२० रुपैयाँमध्येबाट नेपाल सरकार राजस्व बाँडफाँडको ९ करोड २७ लाख २३ हजार प्रशासनिक चालुतर्फ छुट्याउँदा बाँकी रहेको १२ करोड ४३ लाख ६५ हजार १२० रुपैयाँको परिधिमा रहेर बजेट तथा कार्यक्रम बनाइएको प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराईले बताए ।

प्रशासनिक चालुतर्फको बजेट छुट्याएर बाँकी रहेको रकमको ५० प्रतिशत रकमलाई शतप्रतिशत मानेर त्यसको ५० प्रतिशत रकम बराबरको ६ करोड २१ लाख ८२ हजार ५६० रुपैयाँ  वडालाई विनियोजन गरिएको छ । गाउँपालिकाका ९ वडालाई ४५ प्रतिशत भूगोलको आधारमा, ४५ प्रतिशत जनसंख्याको आधारमा र १० प्रतिशत राजस्व क्षमताको आधारमा बजेट दिइएको छ ।

गाउँसभाले रसुवा–पान्धारे सडक सञ्चालनका लागि १ करोड १० लाख, अध्यक्ष/उपाध्यक्ष रोजगार-विकास योजना अन्तर्गत ६० लाख, आर्थिक विकासका लागि कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै कृषि विकास तथा पशु सेवा योजना शिर्षकमा ५० लाख, गाउँपालिका प्रहरी सेवा सुरुवातका लागि बजेट विनियोजन गरिएको छ । गाउँसभामा गाउँपालिका अध्यक्ष उदिमबहादुर राईले वार्षिक नीति तथा कार्यक्रम, उपाध्यक्ष रुपेश राईले आर्थिक वर्ष २०७८/७९ को प्रगति विवरण तथा आर्थिक वर्ष २०७९/८० को बजेट तथा कार्यक्रम र विनियोजन विधेयक, वडाध्यक्ष धनबहादुर महाराजी खड्काले आर्थिक विधेयक प्रस्तुत गरेका थिए ।

गाउँपालिकामा नेपाल सरकारबाट १० करोड ८० लाख वित्तीय समानिकरण अनुदान, ९ करोड २७ लाख २३ हजार राजस्व बाँडफाँड, २८ करोड १ लाख सशर्त अनुदान, १ करोड ७० लाख समपुरक अनुदान र २ करोड विशेष अनुदान गरी ५२ करोड २८ लाख २३ रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

प्रदेश सरकारबाट ५७ लाख ५५ हजार वित्तीय समानीकरण, ५१ लाख १० हजार १२० सवारी कर बाँडफाँड, ५२ लाख ५ हजार सशर्त अनुदान र १ करोड समपुरक अनुदान गरी २ करोड ६० लाख ७० हजार १२० रुपैयाँ प्राप्त हुने अनुमान छ । गाउँपालिकाको कुल आन्तरिक राजस्व अनुमान ५५ लाख गरिएको छ ।

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार  ७ : ३१ बजे

एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित

३० भदौ, टोकियो (रासस/एपी) ।आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रका कम्पनीको शेयर

सुडान तीव्र भोकमरी र विस्थापन सङ्कट : राष्ट्रसङ्घ

३० भदौ, न्युयोर्क (रासस/क्युएनए) । संयुक्त राष्ट्रका एक वरिष्ठ अधिकारीले

सिद्धबाबा सडकखण्डमा कारबामाथि बजारियो ढुंगा, दुई जना घाइते

काठमाडौँ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा खण्डको सिद्धबाबा क्षेत्रमा माथिबाट खसेको

क्रिकेटर रोहित पौडेलविरुद्ध आईसीसीको कारबाही

काठमाडौँ । एसीसी पुरुष प्रिमियर कपको फाइनलमा आचारसंहिता उल्लंघन गरेको

उच्च मनोबलसहित महाधिवेशन प्रक्रियामा सरिक हुन गगन थापाको अपिल

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वडा अधिवेशनमा उत्साहजनक