अफगानिस्तान भूकम्प : तालिबानद्वारा अन्तर्राष्ट्रिय सहयोगको अपिल « Khabarhub

अफगानिस्तान भूकम्प : तालिबानद्वारा अन्तर्राष्ट्रिय सहयोगको अपिल


९ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल – अफगानिस्तानमा तालिबानले अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ ।  विनाशकारी भूकम्पपछिको अवस्थाको सामना गरिरहेको बेला तालिबानले सहयोगको अपिल गरेको छ ।

बुधबार बिहान आएको ६ दशमलव १ म्याग्निच्युडको भूकम्पमा परेर १ हजारभन्दा भन्दा बढी मानिसको मृत्यु भएको छ । भूकम्पमा कम्तीमा १५ सय घाइते भएका छन् ।

भूकम्पबाट दक्षिण पूर्वको पक्तिका प्रान्त सबैभन्दा बढी प्रभावित भएको छ । संयुक्त राष्ट्रले आपतकालीन आश्रय र खाद्यान्न सहायता प्रदान गर्ने प्रयास गरिरहेको छ । भारी वर्षा र असिनाले उद्धार कार्य प्रभावित भएको प्राप्त विवरणमा जनाइएको छ ।

विनाशकारी भूकम्पले तालिबानका लागि ठूलो चुनौती मानिएको छ । खोस्ट सहरबाट ४४ किलोमिटर टाढा गएको उक्त भूकम्पको धक्का पाकिस्तान र भारतसम्म पनि महसुस गरिएको थियो ।

‘दुःखको कुरा सरकारमाथि प्रतिबन्ध छ । तसर्थ, सरकार जनतालाई आवश्यक सहयोग गर्न आर्थिक रूपमा असमर्थ छ’, तालिबानका वरिष्ठ अधिकारी अब्दुल काहर बल्खीले भने ।

‘अन्तर्राष्ट्रिय राहत निकायले सहयोग गरिरहेका छन्, छिमेकी तथा क्षेत्रीय देशहरू र विश्वका विभिन्न देशले सहयोगको प्रस्ताव गरेका छन्, जसलाई हामी प्रशंसा र स्वागत गर्दछौँ । ’

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार  ७ : १६ बजे

शिक्षाको गुणस्तर सुधार्न घरदैलोमा शिक्षक

तनहुँ– शिक्षाको गुणस्तर सुधार्न यहाँको व्यास नगरपालिका–४ स्थित बेदव्यास प्राथमिक

शिक्षाको गुणस्तर सुधार्न घरदैलोमा शिक्षक

तनहुँ- शिक्षाको गुणस्तर सुधार्न तनहुँको व्यास नगरपालिका–४ स्थित बेदव्यास प्राथमिक

जुम्लाबाट एक वर्षमा तीन करोड बढी मूल्यको मार्सी चामल बिक्री

जुम्ला– जुम्लाबाट एक वर्षमा करिब १७५ मेट्रिक टन मार्सी धानको

जुम्लाबाट एक वर्षमा तीन करोड बढी मूल्यको मार्सी चामल बिक्री

जुम्ला- जुम्लाबाट एक वर्षमा करिब १७५ मेट्रिक टन मार्सी धानको

इजरायलले हिजबुल्लाहमाथि ’आवश्यकता अनुसार’ आक्रमण जारी राख्ने

तेल अभिभ- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले लेबनानमा घातक इजरायली आक्रमणको