ट्रयाक खोलेको २८ वर्षपछि सडक कालोपत्र « Khabarhub

ट्रयाक खोलेको २८ वर्षपछि सडक कालोपत्र


९ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा – स्याङ्जाको गल्याङ र चापाकोटलाई जोड्ने सडक ट्रयाक खोलेको २८ वर्षपछि कालोपत्र भएको छ ।

भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय गण्डकी प्रदेशबाट विनियोजित बजेटबाट गल्याङ–चापाकोट सडकखण्डको लल्याङदेखि बारीचौरसम्म पाँच किमी सडक ‘अस्फाल्ड प्रविधि’ को प्रयोग गरी कालोपत्र गरिएको हो । कालीगण्डकी नदीको प्रायःजसो किनारबाट निर्माण गरिएको दक्षिण पूर्वी स्याङ्जालाई सिद्धार्थ राजमार्गसँग जोड्ने महत्वपूर्ण सडक हो ।

दैनिक सयौँको सङ्ख्यामा साना ठूला सवारीसाधन सञ्चालन हुने उक्त सडक घाम लाग्दा निक्कै धुलो र पानी पर्दा हिलाम्य हुने गरेको थियो । सडक कालोपत्र हुन नसकेकोमा भने स्थानीयले पटक–पटक आवाज उठाउँदै आएका छन् । मन्त्रालयले विनियोजन गरेको रु १३ करोड ३४ लाखमध्ये लामा कान्तिपुर जेभी काठमाडौँले रु आठ करोड ८१ लाख ४८ हजारमा ठेक्का सम्झौता गरेको उक्त आयोजनाका इञ्जिनियर सुजन पोखरेलले जानकारी दिए। कोभिडलगायतका कारण समयमै काम सुरु गर्न नसकेको उनले बताए ।

सिद्धार्थ राजमार्गको गल्याङदेखि जिल्लाकै समथर भूभाग रहेको चापाकोटलाई राष्ट्रिय राजमार्गसँग जोड्नका लागि खोलिएको ट्रयाकको स्तरोन्नति हुन नसकेपछि प्रदेशसभामा पटक–पटक आवाज उठाएर काम सुरु भएको गण्डकी प्रदेशसभा सदस्य भागवतप्रकाश मल्लले बताए ।

यहाँका नागरिकको समस्यालाई मध्यनजर गर्दै सदनमा आवाज उठाएपछि विस्तृत अध्ययन प्रतिवेदन तयार गरी बजेट विनियोजन गरिएको उनले बताए। कूल २१ किलोमिटरमध्ये अब बाँकी रहेको १६ किलोमिटर सडक पनि क्रमागतरुपमा रहेकाले कालोपत्र हुँदै जाने उनले जानकारी दिए ।

‘गल्याङ–चापाकोट सडकलाई कालोपत्र गर्नका लागि डिपिआर गरिसकिएको छ’, उनले भने, ‘अब दुई खोलामा पुल-कल्भर्ट बनाईने छ भने बाँकी रहेको सडकलाई कालोपत्र गर्दै अगाडि बढिने छ ।’ गल्याङ नगरपालिकाको केन्द्रदेखि चापाकोट नगरपालिकाको केन्द्रसम्म अर्थात् दुई पालिकालाई सडक सञ्जालमार्फत जोडिने भएकाले पनि उक्त सडकको स्तरोन्नतिमा चासो दिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

ट्रयाक खोलिएको लामो समय हुँदा पनि सडक कालोपत्र नहुँदा यात्रुले सास्ती खेप्दै यात्रा गर्नुपर्ने बाध्यता छ । विसं २०७७ फागुनमा ठेक्का सम्झौता भएको उक्त सडक २०७९ भदौसम्ममा सम्पन्न गर्नुपर्ने थियो ।

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार  ९ : २० बजे

गणपूरक संख्या नपुगेपछि सांसद पन्थीको प्रश्न : सदनमा नआउने, सरकारलाई मात्रै प्रश्न गर्ने ?

काठमाडौं । प्रतिनिधिसभामा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ निर्णयार्थ

चौरजहारीका मेयर वादीले पाए सफाइ

काठमाडौँ । रुकुम पश्चिमस्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख (मेयर) पुष्प

ह्युन्डाई नेपालद्वारा ‘मेड इन नेपाल भेन्यु र भेन्यु एन लाइन’ सार्वजनिक

काठमाडौँ । नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.

सुनसरी घटनाको छानबिन गर्न न्यायिक आयोग गठन गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले सुनसरीको देवानगन्ज–कप्तानगन्जमा भएको घटनाको निष्पक्ष छानबिनका लागि

एकैदिन छापियो ५ हजारभन्दा बढी ई-पासपोर्ट

काठमाडौँ । राहदानी विभागले विद्युतीय राहदानी (इ–पासपोर्ट) उत्पादन क्षमतामा उल्लेख्य