काठमाडौँमा साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर नछुटाए ५ सय जरिवाना « Khabarhub

काठमाडौँमा साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर नछुटाए ५ सय जरिवाना


९ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले आगामी साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर नछुटाए कारबाही गर्ने भएको छ ।

बिहीबार एक सूचना जारी गर्दै महानगरको वातावरण तथा कृषि विभागले साउन १ गतेदेखि जैविक (कुहिने) र अजैविक (नकुहिने) फोहोर छुटाउन आग्रह गरेको हो ।

फोहोरको पृथकीकरण नगरेमा फोहोर सङ्कलन नगर्ने र प्रत्येक पटक पाँच सय रुपैयाँ जरिवाना गरिने वातावरण विभागले जनाएको छ । जैविक (कुहिने) र अजैविक (नकुहिने) फोहोर छुट्टाउने जिम्मेवारी फोहोर उत्पादनकर्ताको नै भएको महानगरको सूचनामा उल्लेख छ ।

महानगरले कुहिने र नकुहिने फोहोर फरक–फरक दिन सङ्कलन गर्ने पनि सूचनामा जनाइएको छ ।

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार  १० : ४५ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका