९१ वर्षीय अर्बपति रूपर्ट मर्डोकद्वारा चौथो सम्बन्धविच्छेदको तयारी « Khabarhub

९१ वर्षीय अर्बपति रूपर्ट मर्डोकद्वारा चौथो सम्बन्धविच्छेदको तयारी


९ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सञ्चार जगत्का बादशाहको पहिचान बनाएका ९१ वर्षीय अर्बपति रुपर्ट मर्डोकले सम्बन्ध विच्छेदको तयारी गरेका छन् । सन् २०१६ यता विवाह बन्धनमा रहेका मर्डोक र अभिनेत्री जेरी हलले सम्बन्धविच्छेदको तयारी गरेका हुन् ।

यस विषयमा परिचित दुई व्यक्तिलाई उद्धृत गर्दै अमेरिकी अखबार न्यूयोर्क टाइम्सले उनीहरुको सम्बन्धविच्छेदको तयारी भएको जनाएको हो ।

मर्डोकले मार्च २०१६ मा सेन्ट्रल लन्डनमा हलसँग विवाह गरेका थिए । विवाहपछि आफूले संसारकै सबैभन्दा खुसी र भाग्यमानी अनुभूति गरेको बताएका थिए । मर्डोकसँगको विवाहमा हलले फिक्का नीलो रंगको भिभियन वेस्टवुड पोसाक लगाएकी थिइन् ।

सन् २०१९ सम्म रूपर्ट र जेरीले प्रायः रातो कार्पेट कार्यक्रमहरूमा सँगै भाग लिन्थे । फक्स कर्पोरेसनका मालिक मर्डोक र ६५ वर्षी जेरीको सम्बन्ध निकै चर्चा पाएको थियो ।

सम्बन्धविच्छेदले मर्डोकको स्वामित्वमा रहेका व्यवसायहरूको स्वामित्व संरचनामा परिवर्तन नहुने जनाइएको छ । फोर्ब्सका अनुसार मर्डोकसँग १७ दशमलब ७ अर्ब डलर सम्पत्ति छ । मर्डोकको यो चौथो पटक सम्बन्धविच्छेद हो ।

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार  १ : ०३ बजे

स्वस्थानीका व्रतालु परदेश यात्रामा, पशुपतिमा पूजा (तस्बिरहरू)

काठमाडौं– एक महिने स्वस्थानी व्रत अनुसार व्रतालुहरूले परदेश यात्रा अन्तर्गत

गगन र निर्वाचन आयोगविरुद्ध मुद्दा लिएर सर्वोच्चमा देउवा पक्ष

काठमाडौं- दोस्रो विशेष महाधिवेशनबाट सभापति गगन थापा र निर्वाचन आयोगविरुद्ध

नेपालगन्जमा चौथो मःम महोत्सव सुरु

नेपालगन्ज– विभिन्न दुई सय प्रकारका मःमको स्वाद प्राप्त गर्ने गरी

सिंहदरबारमा बस्यो राष्ट्रियसभा बैठक (तस्बिरहरू)

काठमाडौं– गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलपछि

सुनको मूल्य निरन्तर बढ्दो, तोलामा दुई लाख ७७ हजार नाघ्यो

काठमाडौं– विवाहको याम सुरु भएसँगै सुनको मूल्य निरन्तर बढिरहेको छ