छड्के र पशुपति प्रसादक सिक्वेलमा विपिन नहुने सम्भावना ! « Khabarhub

छड्के र पशुपति प्रसादक सिक्वेलमा विपिन नहुने सम्भावना !


९ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अभिनेता विपिन कार्कीलाई क्यारेक्टरमा बाच्ने कलाकार भनेर पनि चिन्ने गरिन्छ । उनले आफूले अभिनय गरेका फिल्महरू मार्फत आफ्नो क्यारेक्टरलाई स्थापित गर्ने गर्छन् । त्यसकारणनै उनी भन्दा पनि उनको क्यारेक्टर दर्शकले चिन्छन् । विपिनलाई दर्शकले सम्झिने क्यारेक्टर मध्येको एक ‘भष्मे डन’ समेत हो । पशुपति प्रसादको जति चर्चा भयो त्यति नै भष्मे डनको पनि । उनले बोल्ने शैलीको दर्शक फ्यान नै भए । 

यद्यपि पशुपति प्रसादकै नयाँ सिरिजमा उनी नहुने सम्भावना बढेको छ । अभिनेता खगेन्द्र लामिछाने र निर्देशक दीपेन्द्र के खनाल ‘पशुपति प्रसाद’ को सिरिज वा सिक्वेल ल्याउने तयारमा छन् । पशुपति क्षेत्रमा हुने गतिविधिलाई समेटेर उनले फिल्म तयार गर्नेछन् । खगेन्द्रद्वारा लिखित स्क्रिप्टमा फिल्म बन्ने छ । फिल्ममा विपिन नहुने सम्भावना बढेको छ । केहि विषयमा समझदारी नहुँदा फिल्ममा विपिन नहुने भएका छन् । फिल्म छायांकनको समय र पारिश्रमिकको विषयमा कुरा नमिल्दा विपिनले फिल्ममा काम नगर्ने सम्भावना बढेको हो । विपिनले दुई सेड्युलमा बलिउड फिल्म ‘एनिमल’ मा काम गर्दैछन् ।

उनले पशुपति प्रसादबाट सोच अनुसारको पारिश्रमिकको अफर नपाएपछि र एनिमलको सेड्युलमा असर पर्ने भएपछि फिल्म नगर्ने मनसाय बनाएको फिल्म निकट एक सदस्यले बताए । त्यस्तो त विपिनले छड्केको सिक्वेल ‘छड्के २’ पनि नगर्ने चर्चा छ । यद्यपि यी विषयमा नत उनले आधिकारिक रुपमा बोलेका छन् , नत फिल्म निर्माण कम्पनीले नै । तर , दर्शकले भष्मे डनलाई पशुपति प्रसाद भित्र पाएनन् भने खल्लो भने पक्कै महसुस गर्नेछन् ।

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार  १ : ३९ बजे

यामालसँगको तस्बिरबारे मेसीले भने : जीवनकै अविश्वसनीय संयोग

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले स्पेनका युवा स्टार लामिने

राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले आज

म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता

गण्डकी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले म्याग्दीको बेनी–दरबाङ

गण्डकीका आठ जिल्लामा रात्रिकालीन यातायात बन्द गरिने

गण्डकी – जल तथा मौसम विज्ञान विभागले आज र आइतबार

अमेरिका–इरान तनाव चर्कियो, पानी शुद्धीकरण प्लान्टहरू पनि आक्रमणको निशानामा

काठमाडौं – अमेरिका र इरानबीचको बढ्दो तनावका बीच समुद्रको खारा