‘अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने र स्वदेशी वस्तुको प्रवर्द्धन गर्ने उद्देश्यसहित सरकार क्रियाशील छ’ « Khabarhub

‘अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने र स्वदेशी वस्तुको प्रवर्द्धन गर्ने उद्देश्यसहित सरकार क्रियाशील छ’


९ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र  बडूले मुलुकको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने र स्वदेशी वस्तुको प्रवर्द्धन गर्ने उद्देश्यसहित सरकार क्रियाशील रहेको बताएका छन्।

बिहीबार काठमाडौँमा उद्योग मन्त्रालय, नेपाल घरेलु तथा साना उद्योग महासंघद्वारा नेपाली उत्पादनको बजारीकरणका लागि निर्मित इ–कमर्सको शुभारम्भ गर्दै मन्त्री बडूले आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रममा सरकारले मुलुकको निर्यातलाई बढाउने, उत्पादनलाई बढाउने नीति लिएको समेत बताए । यसका लागि नेपाली उत्पादन बढाउन प्रधानमन्त्रीको नाममा नै कार्यक्रम रहेको र अर्को मेड इन नेपाल मेक इन नेपालको दशकका रूपमा कार्यक्रम अघि बढाएको उनले जानकारी दिए ।

मन्त्री बडूले साना तथा घरेलु उद्योग नै उत्पादन बढाउने आधार क्षेत्र रहेको जिकिर गरे। उनले स्वदेशी बस्तु उत्पादन, बजारीकरण र निर्यातका लागि सरकार पूर्ण रूपमा निजी क्षेत्रलाई सहयोग गर्न तयार रहेको बताए। मन्त्री बडूले इ–कमर्समार्फत स्वदेशी बस्तुको प्रवर्द्धन र बजारीकरणका लागि सहज हुने धारणा राखे।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले साना तथा मझौला उद्योगहरू अर्थतन्त्रको मेरुदण्ड भएको भन्दै यस क्षेत्रको उचित प्रवर्द्धन आवश्यक रहको बताए। साना तथा मझौला उद्योगहरूलाई महासंघको पहलमा बिना धितो कर्जा उपलब्ध गराउने सरकारको कार्यक्रम आएको भन्दै यसलाई छिटो कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराए।

बिहीबार सार्वजनिक गरिएको इ-कमर्सबाट स्वदेशी बस्तुको बिक्री वितरण समेत गरिने घरेलु तथा साना उद्योग महासंघले जनाएको छ ।

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार  ३ : २८ बजे

डेङ्गीविरुद्ध ‘खोज र नष्ट गर’ अभियान

गण्डकी – साउन लागेयता बागलुङमा डेङ्गी सङ्क्रमितको सङ्ख्या २४१ पुगेको

सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षकहरूको सरुवा (सूचीसहित)

काठमाडौं – नेपाल सरकारले सशस्त्र प्रहरी बल (एपीएफ) का वरिष्ठ

धनुषामा प्रतिपरिवार एक सिलिन्डर बिक्री गरिने

जनकपुरधाम – धनुषा जिल्लामा खाना पकाउने एलपिजी ग्यासको सम्भावित अभावलाई

२५ वर्षपछि यसरी नाफामा फर्कियो नेपाल औषधि लिमिटेड

काठमाडाैं – एकदशक अगाडिसम्म कर्मचारीको तलब दिन नसक्ने अवस्थामा पुगेको

करिब ६४७ किलो गाँजासहित दुई जना पक्राउ

काठमाडौं – धनकुटाको साँगुरीगढी गाउँपालिका-६ भेडेटार चोकबाट अवैध लागुऔषध गाँजा