मङ्कीपक्स बढेको भन्दै डब्लूएचएनद्वारा जनस्वास्थ्य आपत्‌काल घोषणा « Khabarhub

मङ्कीपक्स बढेको भन्दै डब्लूएचएनद्वारा जनस्वास्थ्य आपत्‌काल घोषणा


९ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्व स्वास्थ्य सञ्जाल (डब्लूएचएन) ले मङ्कीपक्स विश्वव्यापी स्वास्थ्य प्रकोप बनेको भन्दै जनस्वास्थ्य आपत्काल घोषणा गरेको छ ।

कोभिड–१९ को जोखिमविरुद्ध गठन गरिएको स्वास्थ्य वैज्ञानिकहरूको गठबन्धन डब्लूएचएनले मङ्कीपक्सको प्रकोपलाई विश्वव्यापी चिन्ताको विषय भएको बताउँदै त्यसलाई सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा गरेको हो ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) का प्रमुखले ३२ देशमा मङ्कीपक्सका जीवाणु फैलिएका कारण अन्तर्राष्ट्रिय स्वास्थ्य नियमन आपत्कालीन समितिको बैठक डाकेको केहीदिनपछि डब्लूएचएनले यसलाई स्वास्थ्य आपत्काल घोषणा गरेको हो ।

आज डब्लूएचएनका पदाधिकारीको बैठक हुने र त्यसमा प्रकोपबाट जोगिन तथा उच्च सतर्कता अपनाउनेलगायत नियन्त्रणात्मक उपायबारे छलफल हुने बताइएको छ ।

रोगको प्रकोप कुनै एक देश वा क्षेत्रमा सीमिति नभएकाले त्यसविरुद्ध प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता परेको स्वास्थ्य क्षेत्रका जानकारहरूले बताएका छन् । हाल विश्वका ५८ देशमा मङ्कीपक्स फैलिएको र तीन हजार चारसय १७ जना बिरामी फेला परेका छन् ।

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार  ५ : ०३ बजे

डेङ्गीविरुद्ध ‘खोज र नष्ट गर’ अभियान

गण्डकी – साउन लागेयता बागलुङमा डेङ्गी सङ्क्रमितको सङ्ख्या २४१ पुगेको

सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षकहरूको सरुवा (सूचीसहित)

काठमाडौं – नेपाल सरकारले सशस्त्र प्रहरी बल (एपीएफ) का वरिष्ठ

धनुषामा प्रतिपरिवार एक सिलिन्डर बिक्री गरिने

जनकपुरधाम – धनुषा जिल्लामा खाना पकाउने एलपिजी ग्यासको सम्भावित अभावलाई

२५ वर्षपछि यसरी नाफामा फर्कियो नेपाल औषधि लिमिटेड

काठमाडाैं – एकदशक अगाडिसम्म कर्मचारीको तलब दिन नसक्ने अवस्थामा पुगेको

करिब ६४७ किलो गाँजासहित दुई जना पक्राउ

काठमाडौं – धनकुटाको साँगुरीगढी गाउँपालिका-६ भेडेटार चोकबाट अवैध लागुऔषध गाँजा