मङ्कीपक्स बढेको भन्दै डब्लूएचएनद्वारा जनस्वास्थ्य आपत्‌काल घोषणा | Khabarhub Khabarhub

मङ्कीपक्स बढेको भन्दै डब्लूएचएनद्वारा जनस्वास्थ्य आपत्‌काल घोषणा


९ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्व स्वास्थ्य सञ्जाल (डब्लूएचएन) ले मङ्कीपक्स विश्वव्यापी स्वास्थ्य प्रकोप बनेको भन्दै जनस्वास्थ्य आपत्काल घोषणा गरेको छ ।

कोभिड–१९ को जोखिमविरुद्ध गठन गरिएको स्वास्थ्य वैज्ञानिकहरूको गठबन्धन डब्लूएचएनले मङ्कीपक्सको प्रकोपलाई विश्वव्यापी चिन्ताको विषय भएको बताउँदै त्यसलाई सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा गरेको हो ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) का प्रमुखले ३२ देशमा मङ्कीपक्सका जीवाणु फैलिएका कारण अन्तर्राष्ट्रिय स्वास्थ्य नियमन आपत्कालीन समितिको बैठक डाकेको केहीदिनपछि डब्लूएचएनले यसलाई स्वास्थ्य आपत्काल घोषणा गरेको हो ।

आज डब्लूएचएनका पदाधिकारीको बैठक हुने र त्यसमा प्रकोपबाट जोगिन तथा उच्च सतर्कता अपनाउनेलगायत नियन्त्रणात्मक उपायबारे छलफल हुने बताइएको छ ।

रोगको प्रकोप कुनै एक देश वा क्षेत्रमा सीमिति नभएकाले त्यसविरुद्ध प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता परेको स्वास्थ्य क्षेत्रका जानकारहरूले बताएका छन् । हाल विश्वका ५८ देशमा मङ्कीपक्स फैलिएको र तीन हजार चारसय १७ जना बिरामी फेला परेका छन् ।

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार  ५ : ०३ बजे

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र