मन्त्री झाँक्रीद्धारा टुकुचा खोलाको फोहोर पानी प्रशोधन केन्द्रको शिल्यान्यास « Khabarhub

मन्त्री झाँक्रीद्धारा टुकुचा खोलाको फोहोर पानी प्रशोधन केन्द्रको शिल्यान्यास


९ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँको टुकुचा खोलाको पानी प्रशोधन गर्न फोहर पानी प्रशोधन केन्द्र निर्माण हुने भएको छ । पानी प्रशोधन केन्द्रको बिहीबार काठमाडौँको थापाथलीमा सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले शिलान्यास गरेकी हुन्।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति अन्तर्गत बागमती सुधार आयोजनाद्वारा एसियाली विकास बैंकको सहयोगमा निर्माण हुन लागेको उक्त केन्द्रको १७ दशमलव ३ एमएलडी प्रशोधन क्षमता रहने बताइएको छ ।

कार्यक्रममा मन्त्री झाँक्रीले फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान नखोजे भावी पुस्ताले समेत समस्या भोग्न सक्ने बताइन्। फोहरलाई स्रोतमा वर्गीकरण गरेर लानुपर्नेमा फोहोर व्यवस्थापन गर्नका लागि अतिरिक्त खर्च गर्नुपर्ने बाध्यता भएको उनले बताइन्।

हाल टुकुचा खोलाको जलाधार क्षेत्र ६ दशमलव ८ वर्ग किलोमिटर रहेको छ । काठमाडौँको व्यस्त भूभाग भएर बग्ने उक्त खोला अव्यवस्थित सहरीकरणले गर्दा प्रदूषित भएको छ।

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार  ५ : ३९ बजे

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका

यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु

दाङ – लमहीमा यात्रु बसको ठक्करबाट एक जनाको मृत्यु भएको