मन्त्री झाँक्रीद्धारा टुकुचा खोलाको फोहोर पानी प्रशोधन केन्द्रको शिल्यान्यास « Khabarhub

मन्त्री झाँक्रीद्धारा टुकुचा खोलाको फोहोर पानी प्रशोधन केन्द्रको शिल्यान्यास


९ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँको टुकुचा खोलाको पानी प्रशोधन गर्न फोहर पानी प्रशोधन केन्द्र निर्माण हुने भएको छ । पानी प्रशोधन केन्द्रको बिहीबार काठमाडौँको थापाथलीमा सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले शिलान्यास गरेकी हुन्।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति अन्तर्गत बागमती सुधार आयोजनाद्वारा एसियाली विकास बैंकको सहयोगमा निर्माण हुन लागेको उक्त केन्द्रको १७ दशमलव ३ एमएलडी प्रशोधन क्षमता रहने बताइएको छ ।

कार्यक्रममा मन्त्री झाँक्रीले फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान नखोजे भावी पुस्ताले समेत समस्या भोग्न सक्ने बताइन्। फोहरलाई स्रोतमा वर्गीकरण गरेर लानुपर्नेमा फोहोर व्यवस्थापन गर्नका लागि अतिरिक्त खर्च गर्नुपर्ने बाध्यता भएको उनले बताइन्।

हाल टुकुचा खोलाको जलाधार क्षेत्र ६ दशमलव ८ वर्ग किलोमिटर रहेको छ । काठमाडौँको व्यस्त भूभाग भएर बग्ने उक्त खोला अव्यवस्थित सहरीकरणले गर्दा प्रदूषित भएको छ।

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार  ५ : ३९ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका