फिफा वरीयतामा नेपाल आठ स्थान तल झर्यो « Khabarhub

फिफा वरीयतामा नेपाल आठ स्थान तल झर्यो


९ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली राष्ट्रिय फुटबल टिम फिफा वरीयतामा आठ स्थान तल झरेको छ ।  फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल १७६औँ स्थानमा छ । जुन पछिल्लो वरीयताभन्दा आठ स्थान तल हो । नेपाल यसअघि वरीयताको १६८औँ स्थानमा थियो ।

नेपालले भर्खरैमात्र एएफसी एसियन कप-०२३ को तेस्रो चरणको छनोट खेलेको थियो । छनोटको समूह ‘ए’ मा रहेको नेपाल जोर्डनसँग २-० ले, कुवेतसँग ४-१ ले र तेस्रो खेलमा इन्डोनेसियासँग ७-० ले पराजित भएको थियो । सोही प्रदर्शनको आधारमा नेपालको नयाँ वरीयता खस्किएको हो ।

वरीयताको शीर्ष स्थानमा ब्राजिल र दोस्रो स्थानमा बेल्जियम छन् । तेस्रो स्थानमा भने फ्रान्सलाई पछि पार्दै अर्जेन्टिना उक्लिएको छ । यस्तै, चौथो स्थानमा फ्रान्स र पाँचौँ स्थानमा इङ्ल्यान्ड छन् ।

नेपाल दक्षिण एसियाली वरीयताको तेस्रो स्थानमा छ । नेपाल एसियाली वरीयताको ३५औँ स्थानमा छ । दक्षिण एसियाको शीर्ष स्थानमा भने भारत छ । भारत वरीयताको एक सय चार स्थानमा छ ।

यस्तै, दोस्रो स्थानमा रहेको माल्दिभ्स एक सय ५६औँ स्थानमा, चौथो स्थानमा रहेको भुटान एक सय ८६औँ, पाँचौँ स्थानमा रहेको बंगलादेश एक सय ९२औँ, छैटौँ स्थानमा रहेको पाकिस्तान एक सय ९६औँ स्थानमा र सातौँ स्थानमा रहेको श्रीलंका दुई सय सातौँ स्थानमा छ ।

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार  ६ : ३० बजे

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान

मोरङमा एसईईका सहायक केन्द्राध्यक्ष पक्राउ

काठमाडौँ- मोरङको ग्रामथान गाउँपालिकास्थित एक परीक्षा केन्द्रका सहायक केन्द्राध्यक्षलाई प्रहरीले