धार्मिक पर्यटक बोकेको भारतीय रेल जनकपुरधाम आइपुग्यो « Khabarhub

धार्मिक पर्यटक बोकेको भारतीय रेल जनकपुरधाम आइपुग्यो


९ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- धार्मिक पर्यटक बोकेको भारतीय रेल बिहीबार जनकपुर आइपुगेको छ। १४ कोच र ५०० धार्मिक पर्यटक बोकेको श्री रामायण यात्रा “भारत गौरव“ भारतीय रेल आज दिउँसो जनकपुरको रेल्वेस्टेशनमा आइपुगेको हो ।

२१ जुन २०२२ मा भारतको नयाँ दिल्लीमा भारतका रेल मन्त्री तथा पर्यटन मन्त्रीले संयुक्त रूपमा झन्डा देखाएर यात्रा सुरु भएको रेल आज जनकपुरधाम आइपुगेको हो । यो भारत र नेपालमा रामायण सर्किट कभर गर्ने आफ्नो प्रकारको पहिलो पर्यटक ट्रेन हो। भारत र नेपालका प्रधानमन्त्रीहरूले गत ०२ अप्रिल २०२२ मा भारतको जयनगरदेखि नेपालको कुर्था जोड्ने रेललाई संयुक्त रूपमा उद्घाटन गरेका थिए ।

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, मधेस प्रदेशका उद्योग, पर्यटन तथा वन मन्त्री शत्रुघ्न महतो, जनकपुरधामका मेयर मनोजकुमार शाह, नेपाल रेलवेका महाप्रबन्धक निरञ्जन झा, काठमाडौँस्थित भारतीय राजदूतावासका काउन्सिलर प्रसन्न श्रीवास्तव लगायतले रेललाई स्वागत गरेका थिए । त्यस्तै वीरगन्जस्थित भारतीय महावाणिज्य दूत नितेश कुमारले पनि स्वागत गरेका थिए ।

रेलमा आएका पर्यटकहरूले जानकी मन्दिरको दर्शन गर्ने छन्, जानकी मन्दिर परिसरमा सांस्कृतिक कार्यक्रम हेर्ने छन् र गंगा आरतीमा सहभागी हुने जनाइएको छ ।

उनीहरू भोलि जनकपुरधाम जानेछन् र भारत गौरव ट्रेनबाट रामायण सर्किट रुटमा अगाडी यात्राका लागि सडक मार्गबाट सीतामढी जानेछन् ।

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार  ७ : ११ बजे

दक्षिण कोरियाको निर्यात वृद्धि तीव्र

एजेन्सी– विश्व बजारमा अर्धचालक तथा कम्प्युटर भण्डारण उपकरणको माग निरन्तर

ट्राफिक प्रहरीले धनीलाई बुझायो चोरीका ५० मोटरसाइकल

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट

आईसीयू अन्तर्वार्तामाथि सांसद बास्कोटाको आपत्ति, भनिन्,‘मानिसको जीवनभन्दा ठूलो कन्टेन्ट र भ्यूज हुँदैन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बास्कोटाले छाउनीस्थित वीरेन्द्र सैनिक

अन्तर्राष्ट्रिय दर्शक लक्षित गरी हङकङमा नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’को विशेष शो

काठमाडौं – संसारकै सर्वोच्च शिखर सगरमाथा आरोहणको साहासिक कथा र

मेल–इन मतदान रोक्ने ट्रम्पको प्रयासमा सर्वोच्चको रोक

वासिङ्टन- अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले नोभेम्बरमा हुने मध्यावधि