२५ लाख तिर्न नसक्दा ११ वर्षदेखि साउदीमा अलपत्र दामोदर  « Khabarhub

२५ लाख तिर्न नसक्दा ११ वर्षदेखि साउदीमा अलपत्र दामोदर 



दोहा- वैदेशिक रोजगारका क्रममा विदेसिएका बुटवलका दामोदर क्षेत्री ११ वर्षदेखि साउदीमा अलपत्र छन्। सवारी दुर्घटना मुद्दामा अदालतबाट ७९ हजार साउदी रियाल (नेपाली करिब २५ लाख) क्षतिपूर्ति तिर्नुपर्ने फैसला भएपछि सो रकम तिर्न नसक्दा उनी अलपत्र परेका हुन् ।

उनले चलाइरहेको गाडीसँग ठोक्किँदा विपरीत दिशाबाट आएको ट्रेलामा (ठूलो) गाडीका चालकको मृत्यु भएको थियो। उनको भने हातमा मात्रै सामान्य चोट लागेको थियो। दुर्घटनाको ६ महिनापछि मालिकले फेरि गाडी चलाउन दबाब दियो। ‘मालिकले तलब दिन्न भनेपछि बाध्य भएर गाडी चलाएँ । पछि विवाद भयो अनि मालिकले प्रहरी चौकीमा पुर्‍यायो, त्यहाँ मालिकको छोरा र प्रहरीबीच ४०-४५ मिनेट कुराकानी भयो। त्यसपछि प्रहरीले मलाई एक्लै बयान लियो । त्यसपछि जेल जान पर्छ भनेर हिरासतमा राखियो।’ हिरासतबाट मालिकलाई सम्पर्क गर्दा तीन महिनामा प्रक्रिया पुर्‍याएर निकालिदिन्छु भनेर आश्वासन दिएको सम्झिए। हिरासतमा पुर्‍याएको उसले किन निकाल्थ्यो र त्यसपछि उनी जेल बस्नुपर्‍यो। त्यसअघि ५-६ पटक प्रहरी चौकी लगियो। जेल प्रशासनले मालिकलाई बोलाएर सोध्दा म जिम्मा लिन सक्दिनँ भनेर फर्कियो।

१ वर्ष पछि अदालतले गाडीको क्षतिपूर्ति बापत ७९ हजार साउदी रियाल तिर्नुपर्ने फैसला सुनाएको हो।  फैसलापछि जेल प्रशासनले कुनै साउदी नागरिकलाई बोलाएर कफाला गरेर बाहिर निस्कन सकिन्छ भनेपछि जेलमा भएको एक साउदीले भाइलाई भनेर कफाला गरी ४ वर्षपछि जेलबाट निकाली दियो तर उनले क्षतिपूर्ति तिर्न सकेनन् ।

यसबारे आफूले रियादस्थित नेपाली दूतावासलाई जानकारी गराउँदा दूतावासले केही गर्न नसक्ने जवाफ फर्कायो। जेलबाट छुटेको १६ महिनापछिसम्म दूतावासले सहयोग गर्ने आश्वासन दिइरह्यो तर व्यवहारमा केही पनि सहयोग गरेन।  उनी साउदीमा जति तड्पिए । त्यो भन्दा धेरै नेपालमा उनकी श्रीमतीले दौडदुब गरिन् । उनकी श्रीमती भगवती क्षेत्री कहिले वैदेशिक रोजगार विभाग, कहिले परराष्ट्र मन्त्रालय त कहिले वैदेशिक रोजगार विभागमा पुगेर निवेदन दिइन् ।

सरकारी निकाय एकले अर्कोलाई देखाउँदै पन्छिरहे। कसैले न चासो देखाए न पहल गरिदिए। ‘विभागले श्रम मन्त्रालय जानु भन्छ, त्यहाँ पुगेपछि वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका जानुहोस् भन्छ। त्यहाँ मन्त्रीलाई भेट्नुहोस् भनिन्छ। मन्त्रीलाई भेट्दा बैठक बस्नुपर्छ भन्छन्।’ उनले भने, ‘अहिले श्रीमती पैसा सकिएर बुटवल फर्किइन् । त्यसपछि काठमाडौँ गएकी छैनन्।’ हालसम्म विदेशमा रहेका सहयोगी मनहरुबाट दुई लाख ९० हजार रुपैयाँ जम्मा भएको र अझै २२ लाख रकम अपुग रहेको उनले सुनाए। रियादस्थित नेपाली दूतावासले भने पैसा पुरै जम्मा भएपछि मात्र उनको स्वदेश फिर्तीको कार्य अघि बढ्ने बताएको छ ।

उनले ११ वर्षदेखि बिछोडिएको परिवार भेट्न तथा आफू सकुशल नेपाल फर्किने वातावरण मिलाई दिन तथा आर्थिक सहयोग गरिदिन सरकारी निकाय, सरोकारवाला र सामाजिक अभियन्तासहित स्वदेश तथा विदेशमा रहने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई हारगुहार गरिरहेका छन् । उनी २०६८ असारमा इमेज म्यानपावरबाट ड्राइभिङ भिसामा साउदी गएका थिए।

प्रकाशित मिति : ७ श्रावण २०७९, शनिबार  ३ : ३५ बजे

भोटेकोशी बाढी : जलविद्युत् आयोजनामा फसेकाको उद्धार जारी

काठमाडौं– नेपाली सेनाले भोटेकोशी बाढीबाट विभिन्न जलविद्युत् आयोजनाको सुरुङ तथा

सिरहामा होहल्ला भएपछि कार्यक्रम छाडेर टाप कसेका शिक्षामन्त्री भन्छन्- भ्रम फैलाइयो

काठमाडौं- सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा होहल्ला भएपछि सरकारका

भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने

काठमाडौं– रसुवाको भोटेकोशीमा गएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको

ब्रिक्स सम्मेलनमा सी : मध्यपूर्वको युद्ध विश्वको हितमा छैन

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीस्थित भारत मण्डपममा ब्रिक्सको १८ औँ

भोटेकोशी बाढी : शव पहिचानमा प्रहरीका तीन उपाय

काठमाडौं– भोटेकोशी बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि संकलित