पुष्पलालबाट दीक्षित भएर नयाँ पार्टी बनाएँ – माधव नेपाल « Khabarhub

पुष्पलालबाट दीक्षित भएर नयाँ पार्टी बनाएँ – माधव नेपाल


७ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको शिक्षाबाट दीक्षित भएर नै नयाँ पार्टी खोलेको बताएका छन् ।

पुष्पलालको ४४औं स्मृति दिवसको अवसरमा कीर्तिपुरको चम्पादेवीमा आयोजित श्रद्धाञ्जली सभामा उनले पुष्पलालको शिक्षाबाट दीक्षित भएर नेकपा समाजवादी पार्टी निर्माण गरेको बताएका हुन् । ‘पुष्पलालको शिक्षा र दिक्षाबाट दीक्षित भएका हामीले नेकपा समाजवादी पार्टी क्रान्तिकारी पार्टी निर्माण गरेका छौं । त्यसको छुटै अस्तित्व छ ।’ उनले भने। आफ्नो पार्टी अरु भन्दा फरक रुपमा प्रस्तुत भएर उभिएको दाबी अध्यक्ष नेपालको छ।

आफूहरुले नेपालको इतिहासमा कीर्तिमान कायम गरेको पनि उनले बताए ।‘अहिले हाम्रो काँधमा अनेक चुनौतिहरु छन आत्तिनुपर्ने कुनै कारण छैन । नेपालको इतिहासका पानाहरु निर्माण गरेका छौं । हामीले इतिहासमा कीर्तिमान कायम गरेका छौं ।’ सम्बोधनका क्रममा नेता नेपालले भनेका छन् ।

प्रकाशित मिति : ७ श्रावण २०७९, शनिबार  १० : ३० बजे

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज सोमबार, भगवान शिवको पूजा यसरी गर्नुहोस्

आज २०८३ साल असोज १९ गते सोमबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज १९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १९ गते सोमबार सन् २०२६